काठमाडौं, असार १७ ।
गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि उनले यस्तो बताएका हुन् ।
सम्झौता अनुसार काठमाडौं उपत्यकामा विपद् आएमा नि:शुल्क हेलिकप्टर उद्धार हुनेछ । उपत्यका बाहिर भने आवश्यकताअनुसार शुल्क तिरेर उद्धार हुने व्यवस्था छ । मन्त्री लेखकले मनसुन सुरु भएसँगै ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सरकारी संयन्त्र उच्च सतर्कतामा रहेको बताए । उद्धार तथा खोजकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने गृहमन्त्री लेखकले बताका हुन् ।