Author: नेपाल राज्य

काठमाडौं । ईटा भट्टामा घामपानी छेकेर ज्याला मजदुरी गर्दै एसईई परिक्षा उत्तीर्ण गरेर ४ GPA हासिल गर्न सफल भएकी गोमा श्रेष्ठको सपना पुरा गर्न हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष तथा बरिष्ठ समाजसेवी हेम थापाले गोमालाई एमबिबिएस अध्ययनमा टेवा पुगोस् भन्ने उद्देश्यले रु. १ लाख (एक लाख रुपैयाँ) सहयोग गरेका हुन् । ईटा भट्टाको भारी श्रमपश्चात पनि आफ्नो पढाइको सपना नमारेर गोमाले ४ GPA ल्याएको खबरले थापालाई छोएको बताइएको छ । थापाले आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा संघर्ष गरिरहेका असहाय, अशक्त र विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् । “गोमाको हिम्मत,…

Read More

काठमाडौँ । पत्रकार जमुना शर्मा श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त भएकी छन्। शुक्रबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। सरकारको मन्त्रीस्तरीय निर्णयमार्फत समितिमा शर्मा समावेश गरिएको हो। उनी पोखरा एक्सप्रेस डटकमकी प्रधान सम्पादक हुन्, जुन पोखरा एक्सप्रेस मिडिया प्रालिद्वारा सञ्चालित छ। साथै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिवसमेत रहेकी शर्माले प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छिन्। तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय शर्मा सम्पादकीय नेतृत्व, नीति निर्माण, समावेशी पत्रकारिता, महिला सशक्तीकरण, गुणस्तरीय सामग्री उत्पादन र श्रमजीवी पत्रकारको हकहितमा निरन्तर…

Read More

अर्घाखाँची । देशभक्त र इमानदार राजनेता देशलाई आवस्यक पर्दा कतिबेला सर्बोच्च कमाण्डर पनि बन्नु पर्छ र कतिबेला सामान्य नागरिक बनेर पनि देश र जनताकाे सेवामा लाग्नु पर्छ। विद्या भण्डारीले आवश्यक पर्दा कहिले सामान्य गृहणी बनेर मदन भण्डारी जस्ताे कालजयी नेतालाई सघाउँदै आउनु भयाे भने कहिले रक्षामन्त्री र राष्ट्रपति समेत बन्नु भयाे। अहिले देश र पार्टीलाई आवश्यक ठानी पुन: नेकपा एमालेको पार्टी काममामा सक्रिय हुने निर्णय गर्नुभएको छ। जसको पूर्व तयारी स्वरुप वहाँले राज्यले पूर्व राष्ट्रपतिको हैसियतमा दिने राजकीय सुविधाहरु त्याग्नुभएको छ र अहिले वहाँ सामान्य नागरिकको हैसियतमा हुनुहुन्छ। यो नागरिकतन्त्रको अनुपम नमूना हो र अत्यन्तै स्वागतयोग्य कुरा पनि हाे। बिगत…

Read More

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झराही खोला जाने सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा प्रतापपुर गाउँपालिका–४ का भोला राजभर र रामग्राम नगरपालिका–१५ का राहुल राजभरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ गइरहेको लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिँदा उनीहरू दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव जिल्ला अस्पताल परासीमा राखिएको छ।

Read More

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रको प्रभावकारी उपयोग गरी आयआर्जन, उत्पादन र रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेर जाने वनजन्य स्रोतलाई व्यवस्थापन गर्दै उपभोक्ताको सहकार्यमा प्रांगारिक मल उत्पादनमा जोड दिनुपर्ने धारणा राखे। सन्धिखर्क नगरपालिका–१० विहारस्थित डिभिजन वन कार्यालयको नर्सरी अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले जिल्लामा पर्याप्त मात्रामा पातपतिङ्गर खेर गइरहेको उल्लेख गर्दै भने, ‘खेर गइरहेका स्रोतलाई उपयोग गर्दै प्रांगारिक मल उत्पादन गर्ने हो भने खेतीमा पनि सुधार आउँछ, आम्दानी र रोजगारी पनि बढ्छ।’ उनले सामुदायिक वन उपभोक्ता समितिहरूलाई सक्रिय बनाएर पातपतिङ्गर संकलन गराउने र त्यसको माध्यमबाट अर्गानिक मल उत्पादन गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिए। मुख्यमन्त्रीका…

Read More

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित बाबा पाख्रिन नेकपा (माओवादी केन्द्र) मा औपचारिक रुपमा प्रवेश गरेका छन् । शनिबार राजधानीको पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाख्रिन सहित अन्य नयाँ सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रचण्डले संगीत र कलाकारिता क्षेत्रको योगदानलाई स्मरण गर्दै माओवादी आन्दोलनमा गीत–संगीतले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । कार्यक्रममा सहभागी हुँदै बाबा पाख्रिनले सामाजिक रूपान्तरणको अभियानमा आफूले कला र सिर्जनालाई प्रयोग गर्दै योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

अर्घाखाँची । नेकपा एमाले सचिव रायमाझीकी आमाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले अर्घाखाँचीका सचिव तोजबहादुर रायमाझीकी आमा भिमकुमारी रायमाझीको असार १६ गते दुःखद निधन भएकोमा उहाँको स्मृतिमा शनिबार (असार २१ गते) रायमाझी निवास रूब्दीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो। उक्त शोक सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भिमकुमारी रायमाझीको निधनले सम्पूर्ण अर्घाखाँचीवासी तथा एमाले परिवारलाई अपूरणीय क्षति पुगेको बताउँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्री आचार्यले स्वर्गीय रायमाझी समाजसेवी, संघर्षशील र समर्पित व्यक्तित्व रहेको स्मरण गर्दै उहाँको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए। श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री विष्णु मुस्कान, नेकपा…

Read More

मकवानपुर । हेटौँडाबाट काठमाडौँ जाँदै गरेको एक इभी सवारीसाधन दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। शुक्रबार दिउँसो मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित रातमाटेमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। मधेस प्रदेश नम्बर ०३–००१ ज ०५५१ नम्बरको उक्त ईभी गाडी हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको थियो। तर, अनियन्त्रित भई गाडी सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो। घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाकी।

Read More

काठमाडौं । मुगु जिल्लाको खत्याड गाउँपालिका-५ तारापानीमा पहिरोले एक महिलाको मृत्यु भएको छ। सडक नाला निर्माणको लागि गिट्टी कुटिरहेकी कोटीला गाउँकी ३७ वर्षीया जानु बुढाको शुक्रबार बिहान १०:५० बजे माथिबाट खसेको पहिरोले च्यापेर मृत्यु भएको हो। खत्याड गाउँपालिकाको १२ नम्बर ठेक्का अन्तर्गत भिष्मराज कन्ट्रक्सनले नाला निर्माण गर्दै आएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

Read More

काठमाडौं । गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा भएको छ । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शन प्रालिविरूद्ध ३१ करोड ३४ लाख रुपैयाँ हिनामिनाको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूले बजार नाला तथा फोहर व्यवस्थापन शीर्षकमा मिलेमतो गरी गुणस्तरहीन बजार सेड निर्माण गरेको, नापी किताब फर्जी बनाएको र सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ।

Read More