काठमाडौं ।
मुगु जिल्लाको खत्याड गाउँपालिका-५ तारापानीमा पहिरोले एक महिलाको मृत्यु भएको छ।
सडक नाला निर्माणको लागि गिट्टी कुटिरहेकी कोटीला गाउँकी ३७ वर्षीया जानु बुढाको शुक्रबार बिहान १०:५० बजे माथिबाट खसेको पहिरोले च्यापेर मृत्यु भएको हो।
खत्याड गाउँपालिकाको १२ नम्बर ठेक्का अन्तर्गत भिष्मराज कन्ट्रक्सनले नाला निर्माण गर्दै आएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।