काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित बाबा पाख्रिन नेकपा (माओवादी केन्द्र) मा औपचारिक रुपमा प्रवेश गरेका छन् ।
शनिबार राजधानीको पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाख्रिन सहित अन्य नयाँ सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रचण्डले संगीत र कलाकारिता क्षेत्रको योगदानलाई स्मरण गर्दै माओवादी आन्दोलनमा गीत–संगीतले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
कार्यक्रममा सहभागी हुँदै बाबा पाख्रिनले सामाजिक रूपान्तरणको अभियानमा आफूले कला र सिर्जनालाई प्रयोग गर्दै योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।