बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झराही खोला जाने सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा प्रतापपुर गाउँपालिका–४ का भोला राजभर र रामग्राम नगरपालिका–१५ का राहुल राजभरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ गइरहेको लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिँदा उनीहरू दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव जिल्ला अस्पताल परासीमा राखिएको छ।