अर्घाखाँची । नेकपा एमाले सचिव रायमाझीकी आमाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेकपा एमाले अर्घाखाँचीका सचिव तोजबहादुर रायमाझीकी आमा भिमकुमारी रायमाझीको असार १६ गते दुःखद निधन भएकोमा उहाँको स्मृतिमा शनिबार (असार २१ गते) रायमाझी निवास रूब्दीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो।
उक्त शोक सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भिमकुमारी रायमाझीको निधनले सम्पूर्ण अर्घाखाँचीवासी तथा एमाले परिवारलाई अपूरणीय क्षति पुगेको बताउँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्री आचार्यले स्वर्गीय रायमाझी समाजसेवी, संघर्षशील र समर्पित व्यक्तित्व रहेको स्मरण गर्दै उहाँको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री विष्णु मुस्कान, नेकपा एमालेका जिल्ला स्तरीय नेताहरू, कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समृद्ध समाज निर्माणमा मातृशक्तिको महत्वपूर्ण भूमिका रहने भन्दै सहभागीहरूले भिमकुमारी रायमाझीको योगदानको चर्चा गरेका थिए। शान्तिपूर्ण तथा भावुक वातावरणमा सम्पन्न भएको सो कार्यक्रममा स्व. रायमाझीको आत्माको चिर शान्तिको कामना गरिएको थियो।