काठमाडौं ।
गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा भएको छ ।
धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शन प्रालिविरूद्ध ३१ करोड ३४ लाख रुपैयाँ हिनामिनाको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूले बजार नाला तथा फोहर व्यवस्थापन शीर्षकमा मिलेमतो गरी गुणस्तरहीन बजार सेड निर्माण गरेको, नापी किताब फर्जी बनाएको र सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ।