अर्घाखाँची ।नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (उज्ज्वल)ले गणतन्त्र प्राप्तिको इतिहासप्रति गम्भीर प्रश्न उठाउँदै नयाँ पुस्ताले त्यसको मूल्य नबुझेको बताएका छन् ।
तत्कालीन नेकपा विभाजनका बेला टोपबहादुर रायमाझीसँगै एमालेमा रहेका चन्द्रबहादुर खड्का (उज्ज्वल) पुनः नेकपा माओवादी केन्द्रमा फर्किएपछि अहिले नेकपाका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।
उनले गणतन्त्र प्राप्तिको इतिहासप्रति गम्भीर प्रश्न उठाउँदै नयाँ पुस्ताले त्यसको मूल्य नबुझेको बताएका हुन् । उज्ज्वलले सामाजिक सञ्जालमार्फत लेख्दै गणतन्त्र सजिलै आएको जस्तो बुझ्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले सामाजिक संजालमा लेखेका छन्
“रगत धेरैले बगायो, घाइते तड्पिरहेका छन्। उनकै कारणले गणतन्त्र आयो। अहिले गणतन्त्र कसरी आयो भन्ने नबुझेकाहरूले बढो फुर्ती छाट्या देख्दा ताजुब लाग्छ गाठे।”
उनको यो अभिव्यक्ति पछिल्लो समय गणतन्त्र र राजनीतिक संघर्षलाई हल्का रूपमा लिने प्रवृत्तिप्रति लक्षित रहेको बुझिन्छ। दशकौँ लामो आन्दोलन, बलिदान र पीडाबाट प्राप्त गणतन्त्रलाई इतिहास नबुझी आलोचना गर्नु खतरनाक रहेको संकेत उज्ज्वलको टिप्पणीमा देखिन्छ।
राजनीतिक संघर्षका प्रत्यक्ष साक्षीसमेत रहेका नेता उज्ज्वलको यो धारणा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। गणतन्त्रको रक्षा र यसको मूल्य नयाँ पुस्तालाई बुझाउन नसकेको उनको बुझाइ छ ।

