भक्तपुर।
नेपाल पत्रकार महासंघ प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा सम्पन्न भएको छ ।
महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा सनिवार सम्पन्न गरेको हो ।
शनिबार रातको १०:३० बजे सकिएकाे भक्तपुर को राष्ट्रिय भेलाले गरेका निर्णय हरु :
१. शाखाकाे कार्य समितिले निर्णय गरि सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरि पास गरेका सदस्यता कायम गर्ने । (जिल्लाले पठाएको तर प्रदेशले हटाएकाे नामहरुमा जिल्लालाई नै कायम गर्ने)
२. विवाद भएका शाखाहरु हकमा केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने ।
३. सदस्यता सम्बन्धि सबै विवाद कार्तिक मसान्तसम्म टुङ्गो लगाईसक्ने ।
४. मंसिर २८ गते महासंघका सबै संरचनाको निर्वाचन गर्ने ।