काठमाडौं ।
बुद्धि रायमाझी स्मृति प्रतिष्ठानले पाँचौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।
अर्घाखाँची जिल्लामा कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक स्व. बुद्धि बहादुर रायमाझीको स्मृतिमा
बैशाख २० गते नेपाल मेगा कलेज बरमहल,काठमाण्डौमा कक्षा ८ देखि १२ कक्षासम्म विद्यार्थी बीच “नयाँ पुस्तामा अभिभावकको लागानी र प्रेरणा युग सुहाउँदो शिक्षा र वातावरण हाम्रो चाहना” भन्ने विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो ।
बैशाख १९ गते ५ बजेसम्म सहभागी छात्र छात्रा,सरकारी ,निजी जुनसुकै वा खुला पनि भाग लिन पाउने नाम अनलाइन टीपाउन मिल्ने आयोजकले जनाएको छ ।
कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक स्व. बुद्धि बहादुर रायमाझीको संझनामा २०७७ कार्त्तिक १७ गते सोमवार बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना गरिएको थियो ।
स्व. रायमाझीले लेखेका कृतिहरु, योगदान बिचारहरुलाई संरक्षण एव प्रसार प्रचार गर्न र अन्य सामाजिक कार्यहरु गर्नको लागि भन्दै बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना गरिएको थियो । श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीका पुर्व शिक्षक रायमाझीको ६९ वर्षको उमेरमा २०७७ वैशाख २२ गते सोमवार फोक्सोको क्यान्सरका कारण निधन भएको थियो ।
स्मृति प्रतिष्ठान केवल विगतलाई सम्झाउने माध्यम होइन, यो भविष्यलाई सही मार्गदर्शन गर्ने उज्यालो किरण पनि हो।समाजको विकास र सभ्यताको उन्नतिमा इतिहास, संस्कृति र प्रेरणादायी व्यक्तित्वहरूको योगदान अविस्मरणीय हुन्छ। ती योगदानलाई सम्झनु, सम्मान गर्नु र नयाँ पुस्तासम्म पुराउन प्रत्येक सचेत नागरिक र संस्थाको कर्तव्य हो। यस्तै कर्तव्य निर्वाह गर्न बुद्धि रायमाझी स्मृति प्रतिष्ठानको स्थापना गरिएको सांसद बिजुला रायमाझीले बताइन् ।