Author: नेपाल राज्य
काठमाडौं – लोकप्रिय गायक मोतिराज खनालले बक्स अफिस म्युजिक अवार्ड २०८२ मा सर्वोत्कृष्ट भजन गायक तथा सर्जकको अवार्ड प्राप्त गरेका छन्। नेपाल सरकारद्वारा मान्यता प्राप्त र लामो समयदेखि प्रतिष्ठित मानिँदै आएको बक्स अफिस अवार्डमा यसपटक कुनै भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा निर्णायक मण्डलले विजेता घोषणा गरेको हो। खनालले यस वर्ष गाएको ‘सुपा देउराली भजन’ अत्यधिक चर्चामा आएपछि उनलाई यो सम्मान प्राप्त भएको हो। भजन सार्वजनिक भएको केही दिनमै युट्युब, टिकटक र फेसबुक रिल्समा लाखौं दर्शकले सुनेका थिए। भजन लोकप्रिय भएपछि सुपा देउरालीमा पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन्। यस भजनलाई धार्मिक तथा पर्यटन दुवै…
अनिल नेपाली, अर्घाखाँची – राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको समन्वयमा सन्धिखर्कमा खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सात वटा समूह तथा विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सन्धिखर्क नगरपालिका–१ स्थित गौरीशंकर बोर्डिङ स्कूल प्रथम, भूमिकास्थान नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालय द्वितीय, मालारानी गाउँपालिका–५ स्थित लालीगुराँस आमा समूह तृतीय भएका छन्। त्यस्तै, सन्धिखर्क नगरपालिका–२ स्थित भद्रिगोला आमा समूहले सान्त्वना स्थान हासिल गरेको थियो। विजेताहरूलाई सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठलगायत अतिथिहरूले नगद र प्रमाणपत्रसहित सम्मान गरेका थिए। प्रतियोगितामा महिलाको अधिकार, संविधान कार्यान्वयनमा महिलाको भूमिका, महिलामाथि हुने हिंसा र सामाजिक बेथितिविरुद्धका सन्देशयुक्त गीत…
गिताराम बिष्ट ,अर्घाखाँची- हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला महिला विभाग तथा मालारानी गाउँपालिका कार्य समितिको आयोजनामा श्री बालशिक्षा माध्यमिक विद्यालय, कमेरपानीमा तीज विशेष शुभकामना आदान–प्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। महिला दिदीबहिनीहरूबीच माया, ममता र एकता प्रगाढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। बालबालिकाको भविष्य निर्माणमा केही सहयोग पुगोस भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव कमल पछाइले संगठन सधैं विद्यार्थी, शिक्षक र अभिभावकहरूको हकहितमा हातेमालो गर्दै अघि बढ्ने बताएका थिए। उनले…
चितवन -‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । यस दिन बाबुलाई मीठो खाना खुवाउने, राम्रो लुगाफाटा दिने र आदर गर्ने परम्परा रहेको छ । बाबु गुमाएकाहरू भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने चलन छ । तर पवित्र तीर्थस्थल देवघाट धामका वृद्धाश्रममा बस्ने ‘बा’हरू भने दाता पर्खेर बसिरहेका छन् । परिवारबाट विमुख वा असहाय भएर आश्रममा पुगेका वृद्धवृद्धा हरेक वर्ष आमा खुवाउने दिन (माता तीर्थ औँसी) र बाबुको मुख हेर्ने दिनमा कसैले सम्झेला कि भन्ने आशामा बस्ने गरेका छन् । देवघाट गाउँपालिका-५ स्थित देवघाट…
काठमाडौं – हाम्रो समाजमा माता,पिता र गुरुको एकदिन विशेष सम्मान र सम्झना गर्ने चलन छ , जसको लागि एउटा निश्चित दिन तोकिएको हुन्छ। माता तिर्थ औंसीमा आमाको सम्झना एवं सम्मान गर्दछौं । गुरु पूर्णिमाको दिन गुरुको सम्मान गर्दछौं र आज कुशेऔंशीको दिन बुबाको सम्झनामा आ-आफ्ना बुवालाई सम्मान गर्दै छौँ । हाम्रो समाजमा भन्ने गरिन्छ आमा , बुवा र गुरु नै देवता हुन् । देवी , देवतामा विस्वाँस गरेर निर्जीव ढुंगाको मूर्ति पूजा गर्नुभन्दा आफुलाई जन्माउने , हुर्काउने, बढाउने र भलो चाहने बाबुआमा र पढाउने र जीवनोपयोगी शिक्षा दिएर आत्मनिर्भर बनाउने , कल्याण चाहने र कर्मदिने गुरुको सम्झना र सम्मान गर्नु…
अर्घाखाँची – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ स्व. नुदराज अधिकारीको सम्झनामा सिद्धार्थ मा.वि. S.L.C. व्याज–२०७१ द्वारा आयोजित खुला वडा स्तरीय भलिवल प्रतियोगिता–२०८२ हुने भएको छ । प्रतियोगिता आगामी भाद्र ६ र ७ गते सिद्धार्थ मा.वि.को प्राङ्गण मालारानी–६ रतनमारेमा हुने आयोजकले जनाएको छ ।अर्घाखाँचीमा खुला वडा स्तरीय भलिवल प्रतियोगिता हुने स्व. नुदराज अधिकारीको सम्झना गर्दै खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ आकर्षित गर्ने र आपसी सद्भाव, मित्रता र स्वास्थ्य सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको स्थानीय दिपचन्द्र भुसालले जानकारी दिएका हुन् ।
काठमाडौं – अर्घा–बाँगी सम्बन्ध समाज काठमाडौंले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस वर्ष पनि तीज विशेष कार्यक्रम गर्ने भएको छ। समाजले जारी गरेको सूचनाअनुसार कार्यक्रम भाद्र ६ गते शुक्रबार काठमाडौंको कलंकीस्थित अम्ब्रेला इभेन्ट्समा आयोजना हुनेछ। बिगतका वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाडौंमा विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका अर्घाखाँचीका नागरिकलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ भने कार्यक्रम दिनको ४:०० बजेदेखि सुरु हुने समाजका अध्यक्ष माधव प्रसाद भुसालले जानकारी दिएका छन् । सम्पर्क व्यक्तिहरूमा अध्यक्ष माधव प्रसाद भुसालसहित मोहनकुमार महत, नारायणबहादुर बस्नेत, गंगा पन्थी, टंक चौहान, अनन्त खत्री र हरि भुसाल रहेका छन्।
अर्घाखाँची – हरितालिका तीज–२०८२ को अवसरमा मालारानी गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय तीजगीत प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा ११ टिम सहभागी भएका मध्य मालारानी–४ वडाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै, मालारानी–९ ले दोस्रो, मालारानी–६ ले तेस्रो र मालारानी–७ ले सान्त्वना स्थान प्राप्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, संस्थापक पालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगायतको विशेष आतिथ्यता रहेको थियो । प्रतियोगिताको अध्यक्षता पालिका अध्यक्ष दलबहादुर भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य पालिका उपाध्यक्ष दिपा पोख्रेलको रहेको थियो । कार्यक्रमको सञ्चालन राजु खनालले गरेका…
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवापुस्तालाई नेतृत्व सम्हाल्न आह्वान गर्दै आफू पद त्याग्न तयार रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यो युवाहरूको समय हो, युवाहरूले अगाडि बढ्नुपर्छ, युवाहरू तयार भए पद छोड्न तयार छु। ” उनका अनुसार युवापुस्ता राष्ट्र विकास, वैज्ञानिक अनुसन्धान, अध्ययन–अध्यापन तथा नयाँ आविष्कारमा सक्रिय हुनुपर्छ । युवाहरू अघि बढेर जिम्मेवारी सम्हाल्न तयार भए आफूले पदमा बसिरहनु आवश्यक नरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले युवाहरूलाई प्रोत्साहित गर्न सरकार सधैं साथमा रहने उल्लेख गरे । उनले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी समेत गरे ।
अर्घाखाँची – सन्धिखर्क नगरपालिका–६, राटटाडीका ५७ वर्षीय इन्द्रबहादुर सार्की अहिलेसम्मको सबैभन्दा कठिन घडीमा छन् । मुटु, मृगौला र कलेजोसम्बन्धी गम्भीर रोगसँग लडिरहेका उनी अहिले नियमित डायलाइसिसमा आश्रित छन् । दुवै मृगौलाले काम नगरेपछि उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको परिवारजनले जानकारी दिएका छन् । चार वर्षदेखि निरन्तर उपचारमा रहेका इन्द्रबहादुर भारतदेखि नेपालका विभिन्न अस्पताल धाउँदा आफ्नो सम्पूर्ण सम्पत्ति उपचारमै खर्चिसकेका छन् । मुटुमा दुई पटक शल्यक्रिया गराइसकेका उनलाई आँखाले पनि प्रस्ट देख्न कठिन भएको छ । चिकित्सकले निरन्तर औषधि सेवन र परीक्षणका लागि ठूलो रकम आवश्यक पर्ने बताएका छन् । सामाजिक सेवामा सक्रिय रहँदै आएका सार्की आफैं रोगले थलिएपछि…
