Author: नेपाल राज्य

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) उनलाई अनामनगरबाट पक्राउ गरिएको भनिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले अहिलेसम्म आफूलाई जानकारी नभएको र पक्राउबारे बुझिरहेको बताएका छन् । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।

Read More

रुकुम पश्चिम । नाबालिग बलात्कार आरोपमा वाइसिएल (युवा संगठन) रुकुम पश्चिम चौरजहारीका इञ्चार्ज रेशम खत्री क्षेत्री पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा बिहीबार राति चौरजहारीको एक होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार, किशोरीले दुई महिना अघि जाहेरी दिएकी थिइन् । जाहेरीमा २०७९ चैतमा होटलमा लगेर बलात्कार गरेको र सोही घटनाबाट छोरी जन्मिएको उल्लेख छ । फरार रहेका क्षेत्रीलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । उनलाई शुक्रबार अदालतमा पेश गरी म्याद थप्ने तयारी गरिएको छ । क्षेत्री वाइसिएल कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर…

Read More

अर्घाखाँची । पत्रकारिता शब्द आफैंमा जिम्मेवारी, निष्ठा र परिवर्तनको अर्को नाम हो। यो पेशा होइन, सपना हो। यो जागिर होइन, एउटा मिशन हो। पत्रकारिताको यात्रा सुरु गर्दा मानिससँग न त ठूलो सम्पत्ति हुन्छ, न त सुविधा, तर एउटा दृढ संकल्प हुन्छ-सत्य बोल्ने,सत्य लेख्ने न्यायको पक्षमा उभिने र समाजलाई सुसूचित बनाउने। आज यही पत्रकारितामा कतिले आफ्नो सपनाको रेडियो खोले, अन्लाईन सुरु गरे, समाचार लेखे। गाउँठाउँका कुना-कन्दरामा पुगेर गरिबको पीडा टिपे, बाढीपहिरोका घटना पुर्‍याए, सडक दुर्घटनाको चित्कार, अस्पतालको करुण कहानी, शोषणमा परेका मजदुरको चीत्कार बोकेर देशैभरि खबर पुर्‍याए। तर विडम्बना… जब संघर्षसँगै थाकथक सुरु हुन्छ, जब समाजका दोषहरू उजागर गर्दा धम्की आउँछ,…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डको बैठक आज बस्नेछ भने सम्भवत आजै नतिजा सार्वजनिक हुने बताएको छ । चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजा हेर्न :

Read More

गुल्मी । मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाललाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको हो । बिहीबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी परेका हुन् । घटनापछि प्रहरीको टोलीले राति नै उद्धार गरी उपचारका लागि पठाएको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका-७ लामातालकी १९ वर्षीया निशा गुरुङ बेपत्ता भएकी छिन् । परिवारका अनुसार उनी असार १० गते बिहान करिब ९ बजेतिर दाङकाे भालुबाङ जानका लागि दर्वानतर्फ जाने बस चढेर निस्केकी थिइन् । तर, त्यसपछि अहिलेसम्म उनको कुनै सम्पर्क हुन सकेको छैन । उनको मोबाइल फोन पनि स्विच अफ रहेको र सम्भावित आफन्त तथा चिनेजानेकाेमा खोजी गर्दा समेत फेला नपरेको परिवारले जनाएको छ । परिवारले चिनजान हुने जोकोहीले निशा गुरुङलाई देखेमा नजिकैकाे प्रहरी कार्यालय वा ९८४५८१५५९७ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेका छन् ।

Read More

अर्घाखाँची, असार १२ । अर्घाखाँचीको शितगंगा नगरपालिका–६, पाखापानीमा दाजुले आफ्नै भाइको हत्या गरेका छन् । पारिवारिक विवादका क्रममा घटना घटेको हुनसक्ने प्रहरीले जनाएको छ । ४२ बर्षिय अभियुक्त बिष्णु बहादुर बादीले आफ्नै ३२ बर्षिय भाई बम बहादुर बादीको बन्चरो प्रहार गरि हत्या गरेका हुन् । हत्या आरोपमा रहेका व्यक्ति लुकिछिपि बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार घटना पछाडि फरार रहेका अभियुक्तलाई व्यापक खोजतलासपछि पक्राउ गरिएको हो । हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अर्घाखाँची, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले पार्टी अध्यक्ष रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको कडा विरोध गर्दै जनस्तरबाट व्यापक हस्ताक्षर अभियान सञ्चालन गरेको छ। रास्वपाले लामिछानेमाथि भएको आरोप र षड्यन्त्रलाई ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै जनताबाटै प्रतिकारको सशक्त सुरुवात गरेको हो। सोही अभियानलाई थप गति दिँदै जिल्लाको भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालकृष्ण बन्जाडेले हस्ताक्षर गरेर रवि लामिछानेप्रति ऐक्यवद्धता जाहेर गरेका छन्। नगर उपप्रमुख बन्जाडेले रवि लामिछानेमाथि भइरहेको अनावश्यक दवाव र चरित्र हत्या प्रयासको घोर निन्दा गर्दै भने, “जनताको आशा र भरोसाको प्रतीक बनेका लामिछानेलाई गलत नियत राखेको देखिन्छ, हामी सधैं सत्यको पक्षमा छौं।” रास्वपा जिल्ला सभापति हरिप्रसाद भुसालले हस्ताक्षर…

Read More

पर्वत, असार ११ । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ । गाउँपालिकाले स्थानीय गाई र हलगोरु पाल्ने ३६५ किसानलाई अनुदान वितरण गरेको हो । स्थानीय गाईको संरक्षण र खेती प्रोत्साहनका लागि प्रति गाई २ हजार र प्रति हलगोरु ८ हजार रुपैयाँ वितरण गरिएको हो । गाउँपालिकाले आगामी वर्षका लागि पनि १३ लाख बजेट विनियोजन गरेको छ । भिरालो क्षेत्रको जग्गा बाँझो हुन नदिन किसानलाई अनुदान दिइएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

Read More

काठमाडौं । जिन्दगीसँग जुधिरहेका छन् गोपाल बहादुर सार्की । अस्पतालको बेडबाटै उनले आर्थिक सहयोगको मार्मिक अपिल गरेका छन् । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–२ तोस घर भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–१ निवासी बलबहादुर सार्कीका छोरा गोपाल लामो समय भारतको दिल्लीमा पसिना बगाउँदै परिवार पाल्थे । तर, भाग्यले उनीमाथि क्रूर खेल खेल्यो । अचानक खुट्टाको पैताला दुख्न थाल्यो, सानो रोग होला भनी उपचार गराउँदा पनि सुधार भएन । परिवारको आर्थिक अवस्था कमजोर भएकाले ठूलो अस्पताल धाउने अवसर पनि कम थियो । तर रोगले विस्तारै जरा गाड्दै लग्यो । लुम्बिनी सिटी अस्पतालमा झण्डै एक महिनाको उपचारपछि डाक्टरले काठमाडौं किर्तिपुर अस्पताल जान सल्लाह दिए…

Read More