काठमाडौं – अर्घा–बाँगी सम्बन्ध समाज काठमाडौंले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस वर्ष पनि तीज विशेष कार्यक्रम गर्ने भएको छ। समाजले जारी गरेको सूचनाअनुसार कार्यक्रम भाद्र ६ गते शुक्रबार काठमाडौंको कलंकीस्थित अम्ब्रेला इभेन्ट्समा आयोजना हुनेछ।
बिगतका वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाडौंमा विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका अर्घाखाँचीका नागरिकलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ भने कार्यक्रम दिनको ४:०० बजेदेखि सुरु हुने समाजका अध्यक्ष माधव प्रसाद भुसालले जानकारी दिएका छन् ।
सम्पर्क व्यक्तिहरूमा अध्यक्ष माधव प्रसाद भुसालसहित मोहनकुमार महत, नारायणबहादुर बस्नेत, गंगा पन्थी, टंक चौहान, अनन्त खत्री र हरि भुसाल रहेका छन्।