अर्घाखाँची ।
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको दोस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको छ। शनिबार सन्धिखर्कस्थित ग्रिन इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भेलाले टिका माया शर्मा भुसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा तुल्सी पन्थी, सचिवमा विशाल खनाल, कोषाध्यक्षमा कमल प्रसाद खनाल र सह–सचिवमा रामप्रसाद पन्थी चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा बोम बहादुर घिमिरे, गुणानिधि खनाल, माया खनाल, रिचा घिमिरे, ढकल पन्थी, रविन्द्र खनाल, प्रदीप परियार, सपना पन्थी, जानका खनाल र शारदा पन्थी रहेका छन्।
भेलाले संस्थापक अध्यक्ष श्याम प्रसाद घिमिरेलाई संरक्षकको जिम्मेवारी दिएको छ। यस्तै, सल्लाहकार समिति सदस्यहरूमा रेमबहादुर घिमिरे, कृष्ण प्रसाद खनाल, कमल प्रसाद घिमिरे, पदम क्षेत्री, टोपलाल खनाल, खिमानन्द खनाल, ठाकुर प्रसाद खनाल, दुर्गा बहादुर पुन र फन बहादुर पुन चयन भएका छन्।
कार्यक्रम सहसचिव कमल खनालको स्वागत मन्तव्य र सचिव विशाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो। सल्लाहकारद्वय कमल प्रसाद घिमिरे र पदम क्षेत्रीले नवनिर्वाचित टोलिलाई बधाई दिँदै समाजलाई सुख–दुःखमा साथ दिने संस्था बनाउनेतर्फ जोड दिन आग्रह गरे।
भेलामा बोल्दै संस्थापक अध्यक्ष श्याम प्रसाद घिमिरेले सन्धिखर्कमा स्थायी रूपमा बसोबास गरिरहेका गोखुङ्गाका नागरिकहरूबीच सामाजिक एकता मजबुत बनाउने र साझा सरोकारमा हातेमालो गर्ने उद्देश्यले समाजको स्थापना भएको बताए। “संस्थाले सबै सदस्यलाई सामाजिक जिम्मेवारी बोध गराउँदै सामूहिक हितमा काम गर्नेछ,” घिमिरेले स्पष्ट पारे।
विसं २०७३ मा स्थापना भएको समाजमा हाल दुई सयभन्दा बढी सदस्य आबद्ध छन्। भेलाले आगामी कार्यक्रमका सन्दर्भमा समेत व्यापक छलफल गरी रणनीति तय गरेको सचिव विशाल खनालले जानकारी दिए। नवनिर्वाचित अध्यक्ष टिका माया भुसालले समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्।

