Author: नेपाल राज्य

रुद्रमणि भुसाल,अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको हंसपुरमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । तिहार र छठ पर्व नजिकिएसँगै घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको अर्घाखाँचीको सयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा विभिन्न पसलबाट म्याद गुज्रेका करिब १५ हजार ५ सय बराबरको अखाद्य सामग्री जफत गरि नष्ट गरिएको अनुगमन टोलीका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको प्रमुख दुर्गा न्यौेपानेले जानकारील दिनुभयो । मापदण्ड बिपरित पसल संचालन गरेको, मूल्य सूचि, साइनबोर्ड नराखेको, दर्ता तथा नविरकण नगरेका पसललेहरुलाई ७ हप्तादेखि १५ दिनभित्रमा सम्बन्धित वडा र पालिकामा गएर पसल दर्ता, नविकरण र मापदण्ड बमोजिम…

Read More

      सन्धिखर्क नगरपालिकाको सूचना बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्षपछि मात्र गरौं र गराऔं ।  गाउघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गर्दै थप नया पुनर्भरण पोखरीको निर्माण गरी पानीका मुहानहरुको प्रबद्र्धन गरौं ।  धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी प्रबद्र्धनमा टेवा पु¥याऔं ।  आफनो पायक पर्ने स्थानको सडकको छेउछाउमा घास तथा अन्य विरुवा रोपी हरियाली प्रबद्र्धन गरौं  जन्म, मृत्यु बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔं  विद्यालय जाने उमेर भएका बालवालिकालाई विद्यालय पठाऔं  खानेपानीका मुहान सफा राखौं साथै सबैले पानी शुद्धीकरण गरेर मात्र पिउने बानीको विकास गरौं  आफनो…

Read More

काठमाडौं – विजयादशमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा टीका ग्रहण गरेका छन्। पुरोहित अर्जुन अधिकारी र देवराज अर्यालले बिहान ११:५३ बजे शुभ साइतमा राष्ट्रपति पौडेललाई टीका लगाइदिएका हुन्। राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काका अनुसार टीका ग्रहणपछि राष्ट्रपतिले देशवासीमा समृद्धि र शान्तिको कामना गरेका छन्।

Read More

हरि कुँवर, अर्घाखाँची । नेपाली समाजमा दशैंलाई “महान चाड” भनिन्छ। वर्षभरि दुःख-कष्ट भोग्ने सर्वसाधारणले यो पर्वलाई कम्तीमा केही दिन त खुशीको बहाना भनेर हेर्छन्। जमरा, टीका, आशीर्वाद, नयाँ लुगा, मीठा परिकार अनि परिवारसँगको मिलनले दशैंलाई नेपाली जीवनको सबैभन्दा ठूलो पर्व मानिन्छ । तर, यही पर्व सबैलाई एकै किसिमले खुशी ल्याउने पर्व भने होइन। कसैको लागि यो दशैं उत्सव बनेर आउँछ भने कसैको लागि यो साँच्चिकै दशा भएर आएको छ। महँगीले थिचेको दशैं बजारको मूल्य सूची हेर्नेबित्तिकै सामान्य आमजनतालाई दशैं नजिकिएको महसुस हुन्छ। हरेक वर्ष जस्तै मासु, तरकारी, फलफूल, लत्ता–कपडा, यातायात भाडा , हवाई भाडाको मूल्य एकाएक बढ्छ। दशैंमा मात्र हो…

Read More

अर्घाखाँची । विजय दशमी तथा शुभ दीपावलीको अवसरमा मालारानी-५ बाँगी आरुखोरमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। श्री शान्ति माध्यमिक विद्यालय – भूतपूर्व विद्यार्थी समाज, मालारानी -५ बाँगी आरुखोरले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा १७ गते शुक्रबार बिहान १० बजेबाट भलिबल प्रतियोगिता सुरु गर्ने बताएको हो । प्रतियोगिता नक–आउट आधारमा हुने छ। एक टोलीमा कोचसहित ८ जनासम्म खेलाडी राख्न सकिने नियम तोकिएको छ। खेलको क्रममा चोटपटक वा दुर्घटना भएमा सहभागी टोली स्वयं जिम्मेवार हुने र विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ। विजेता समुहलाई नगद १५ हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो हुने समुह लाई १० हजारसहित…

Read More

अर्घाखाँची – समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका बरिष्ठ समाजसेवी हेम थापाले आफ्नो जन्मदिनको विशेष अवसरलाई समाजको लागि जोड्दै १० जनालाई आर्थिक सहयोग गरेका छन्। अमेरिकामा कर्म थलो बनाएका बरिष्ठ समाजसेवी थापाले प्रत्येक व्यक्तिलाई १०/१० हजारका दरले गरी १ लाख रुपैयाँ सहयोग गरेका हुन्। सहयोगका क्रममा उनले दुखी, पीडित र असहाय व्यक्तिहरूलाई सम्भव भएको सहयोग पुर्‍याउने नै आफ्नो जीवनको धर्म भएको बताएका छन् “दुखी पीडितको आलो घाउमा सानो मलम लगाउने प्रयास स्वरूप यो रकम प्रदान गरेको हुँ ” थापाले भने। उनले अर्घाखाँचीका विभिन्न ठाउँमा पनि सहयोग गर्दै आएका थिए । हेम & माया फाउन्डेसनका अध्यक्ष समेत रहेका थापा लामो समयदेखि…

Read More

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ? काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको जीवनशैलीमाथि गम्भीर प्रश्न उठेको छ। बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले प्रचण्डले प्रयोग गर्ने महँगो रोलेक्स घडी (करिब ६४ लाख मूल्य) र गंगाको लुइ भिटन ब्याग (करिब २८ लाख मूल्य) को स्रोतबारे प्रष्टिकरण माग गरे। पन्तले पार्टीमै भ्रष्टाचारविरुद्ध संघर्ष सुरु गर्नुपर्ने बताउँदै, यदि यी वस्तु उपहारका रूपमा आएको भए पनि पार्टी कोषमा जम्मा गर्नुपर्ने धारणा राखे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उपहार बेचेर व्यक्तिगत फाइदा उठाएको…

Read More

काठमाडौं – दशैँ नजिकिँदै गर्दा उपत्यकामा मुस्ताङका च्याङ्ग्रा बिक्री थालिएको छ। भक्तपुरको सल्लाघारी चौरमा विशेष बिक्री कक्ष खोलेर च्याङ्ग्रा उपलब्ध गराइएको हो। स्थानीय व्यापारी रमेश श्रेष्ठका अनुसार मुस्ताङका विभिन्न गाउँबाट संकलन गरिएका च्याङ्ग्रा १२ दिन लामो यात्रा पछि काठमाडौं ल्याइएका हुन्। यस वर्ष प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँमा बिक्री सुरु भएको उनले बताए। सरकारले यसपटक दशैँका लागि खसी, बोका र च्याङ्ग्रा वितरण नगर्ने निर्णय गरेपछि उपभोक्ताले सामान्यतया भन्दा केही बढी मूल्य तिर्नुपर्ने अवस्था आएको व्यापारीहरूको भनाइ छ। माग भने प्रत्येक वर्षझैँ यसपालि पनि राम्रै देखिएको उनीहरूको अनुभव छ।

Read More

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले Gen Z आन्दोलनका नाममा भइरहेको आक्रमण, आगजनी, लुटपाट र धाकधम्कीलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन् “चोरको खुट्टा काटिने छ भन्ने धम्की दिँदा खास चोरले खुट्टा पहिल्यै झिक्थ्यो भन्ने जस्तै अवस्था अहिले देखिएको छ। अनाहकमा मानिस मारिन्छ, घरमा आगो लगाइन्छ, लुटपाट हुन्छ यस्ता अपराधविरुद्ध बोल्न पाउनैपर्छ।” भुसालले आन्दोलनका नाममा कुनै व्यक्ति माथि हुने निरन्तर आक्रमणको आलोचना गर्दै थपे “कर्मचारी पनि मान्छे हुन्, बारम्बार आक्रमण गर्न मिल्दैन। बढी के हुन्छ ज्यान खान्छौ? मरेसरह भएर बाँच्नु भन्दा बरु मर्न तयार छु।” उनले एमालेले अर्घाखाँचीमा कुनै आपराधिक…

Read More

काठमाडौं – गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यसहित राजधानीमा “चौथो काव्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भयो। काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो तिजगीत “छड्के कपाल किन कोरेको” मार्फत सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड हात पारे। उक्त गीतका निर्देशक सुरज खनाल पनि सोही गीतकै आधारमा सर्वोत्कृष्ट निर्देशक घोषित भए। मौलिक शैली र लोकप्रियताका कारण “छड्के कपाल” यसपालि विशेष चर्चा कमाउन सफल भयो। कार्यक्रममा वरिष्ठ गायक घमेश दुलालको “समुन्द्र पारी” नामक गीति–सङ्ग्रह विमोचन गरिएको थियो। दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा अभिनेता…

Read More