Author: नेपाल राज्य

बुटवल । लुम्बिनी प्रदेशमा सञ्चित कोषमा रकम अभाव भएपछि प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर सबै प्रकारका भुक्तानी रोक्का गरेको छ। पुँजीगत खर्च तीव्र भए पनि आन्तरिक राजस्व लक्ष्य अनुसार नउठ्दा संकट बढेको हो। चालू आर्थिक वर्षमा ४ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य राखिए पनि असार १५ सम्म जम्मा १ अर्ब ८३ करोड मात्र संकलन भएको छ। सरकारले वन क्षेत्र, सवारी चालक अनुमति पत्र र दर्ता शुल्कलाई मुख्य स्रोत मानेको थियो, तर ती क्षेत्रमा लक्ष्य पुरा हुन सकेन। अहिले सरकारले संघीय अनुदान, अत्यावश्यक खर्चबाहेक सबै भुक्तानी रोकेको छ। व्यवसायीहरू भुक्तानी रोकिँदा समस्यामा परेका छन् भने अर्थशास्त्रीहरूले यो अवस्थालाई…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अन्ततः राजनीतिमा प्रवेशको संकेत गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गर्न लागेका छन्। कुलमानले यस भ्रमणलाई आफ्ना अनुभव साटासाट गर्ने र प्रवासी नेपालीको जीवन, संघर्ष बुझ्ने अवसरको रूपमा प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, “विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु। तपाईंहरूको दुःख र योगदान अमूल्य छ।” राजनीतिज्ञ शैलीमा उनले आफू भावनात्मक रूपमा जोडिन चाहने र सबैको जिम्मेवारी बोध गराउने बताएका छन्। कुलमानले बहराइनमा जुलाई २–४, युएईमा ५–८, ओमानमा ९–१० र कतारमा ११–१३ सम्म…

Read More

काठमाडौं, असार १७ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि उनले यस्तो बताएका हुन् । सम्झौता अनुसार काठमाडौं उपत्यकामा विपद् आएमा नि:शुल्क हेलिकप्टर उद्धार हुनेछ । उपत्यका बाहिर भने आवश्यकताअनुसार शुल्क तिरेर उद्धार हुने व्यवस्था छ । मन्त्री लेखकले मनसुन सुरु भएसँगै ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सरकारी संयन्त्र उच्च सतर्कतामा रहेको बताए । उद्धार तथा खोजकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने गृहमन्त्री लेखकले बताका हुन् ।

Read More

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ स्थित छेकम्पारको ङुइला नाका खुलेको छ। तिब्बती सुरक्षाकर्मीले आजदेखि तीन महिनाका लागि नाका खुला गरेका हुन्। कोरोना महामारीपछि बन्द भएको नाका गत वर्ष एक महिनाका लागि मात्रै खुलेको थियो। नाका खुल्नासाथ स्थानीयले यार्सागुम्बा, वनलसुनजस्ता जडीबुटी तिब्बती बजारमा बेच्न र आवश्यक सामग्री ल्याउन पाउने भएकाले खुशी व्यक्त गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिएका हुन् ।

Read More

काठमाडौं, असार १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद पुष्पा भुसाल गौतमले नागरिकता विधेयकलाई स्वागत गर्दै त्यसभित्र रहेका विभेदकारी प्रावधानहरू तत्काल संशोधन हुनुपर्ने माग गरेकी छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेतृ भुसालले नागरिकता जस्तो संवेदनशील विषयमा सबै नेपालीलाई समान व्यवहार गर्नुपर्ने बताउँदै विभेदकारी प्रावधानले समस्या उत्पन्न गर्ने भएकाले त्यसलाई सच्याउन आग्रह गरिन् । त्यस अवसरमा उनले नेपाल महिला संघको आसन्न निर्वाचन सबैको सहमतिमा सम्पन्न गरिनुपर्ने बताउँदै संस्थामा एकता र समावेशी सहभागिता आवश्यक रहेको बताइन् । त्यसैगरी भुसालले पछिल्लो समय भएका उपनिर्वाचनतर्फ संकेत गर्दै उम्मेदवारले पार्टीलाई…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र श्री सुपादेउराली मन्दिर क्षेत्रमा केबुलकार सञ्चालन हुने भएको छ। सन्धिखर्क नगरपालिका वडा नं. ७ मा अवस्थित सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म बटम र टप स्टेसन राखेर केबुलकार सञ्चालन गर्न सन्धिखर्क नगरपालिकाले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा सिफारिस गरेको छ। पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासलाई ध्यानमा राख्दै असार १३ गते बसेको नगर कार्यपालिका बैठकले श्री सुपादेउराली केबुलकार प्रा.लि.लाई उद्योग दर्ताको लागि सिफारिस गर्ने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले चुनावी प्रतिबद्धता अनुसार एकवर्ष भित्र निर्माण सम्पन्न गर्ने तरिकाले कार्य तिव्ररुपमा अगाडि बढाएका हुन् । प्रमुख श्रेष्ठले भने,…

Read More

शोभाखर पन्थी-अर्घाखाँची, असार १६ । नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीलाई मातृ शोक परेको छ । उहाँ की आमा भिमकुमारी रायमाझीको आज ६८ बर्षको उमेरमा निधन भएको हो । उहाँ १ बर्ष देखी क्यान्सर रोग बाट पिडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै सन्धिखर्क-२ स्थित रुब्दी घाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी हिन्दु परम्परा अनुसार दाहासंस्कार गरिएको छ । दिवंगत रायमाझीलाई नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँको पार्थिव शरीरमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद जनार्दन खनाल,एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बि.क.किशोर,माओवादी…

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकले पार्टीको आगामी रणनीति तथा सङ्गठन सुदृढीकरणबारे निर्णय लिनेछ। प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा गठबन्धन सरकारको काम कारबाही, भ्रातृ संस्थाको अवस्था, पार्टीको सक्रिय सदस्यता वितरण तथा नवीकरण लगायतका विषयमा छलफल हुनेछ।

Read More

बुटवल । ‘आजको बिरुवा, भोलिको भरोसा’ नारासहित पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, केन्द्रीय प्रवक्ता विनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारी लगायतको उपस्थिति थियो। साथै, पाणीनी उद्यान पार्कका सचिव यमप्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, सल्लाहकार गंगाधर न्यौपाने तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रह्यो। कार्यक्रमको सञ्चालन शाखा सचिव रुद्र प्रसाद गरेका थिए। कार्यक्रम उत्साहजनक सम्पन्न भएको सचिव खनालले जानकारी दिएका हुन ।

Read More

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले जुत्ता, चप्पल लगाएर हिलो टार्ने प्रवृत्ति बढेको भन्दै यस्तो सोच त्याग्नुपर्ने बताए । उनले अनुसन्धान र सुधारमार्फत धान उत्पादन बढाउन सके आत्मनिर्भरता सम्भव हुने बताए । मलको व्यवस्थापनमा सरकार सक्षम रहेको भन्दै असार–साउनमा मल अभाव नहुने आश्वासन दिए । किसानको माग सम्बोधनमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले दुई वर्षभित्र धानमा आत्मनिर्भरता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Read More