अर्घाखाँची ।
खाना बनाउने क्रममा जलेर छत्रदेवकि एक वृद्धको मृत्यु भएको छ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ काउलेकी ८१ वर्षीया पार्वती पाण्डेको आगोले जलेपछि उपचारको क्रममा मृत्यु भएको हो।
पाल्पा मिसन अस्पतालमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताएका हुन ।