शोभाखर पन्थी , अर्घाखाँची ।
ज्ञानप्रकाश माध्यमिक विद्यालय सन्धिखर्क-१२ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नारायण बस्याल सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य रहनु भएका बस्याल जिल्लामा स्थापित सामाजिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्छ । युवाहरुको बीच लोकप्रिय रहनु भएका उहाँ नेकपा एमालेको तर्फ बाट जिल्लाको युवा इन्चार्ज समेत हुनुहुन्छ । आधादर्जन बढी सामाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएका उहाँ यस अघि सन्धिखर्क नगर पालिका वडा नं.१२ को वडा सदस्य हुनुहुन्थ्यो ।
यसैगरी समितिको सदस्यमा अजय बस्याल,अशोक खड्का,हिमकला टमटा ,तुल्शा कुवर,प्रेमकला भुसाल सर्वसम्मत चयन हुनुभएको छ ।
सर्वसम्मत अध्यक्ष चयन भएपछी बस्यालले विद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर बृद्धिको निम्ति विशेष योजना निर्माण गरेर अगाडी बढ्ने बताउनु भयो ।
आफू मुख्य जिम्मेवारीमा नरहेको अबस्थामा पनि विद्यालयको पूर्वाधार निर्माणमा सहयोग पुर्याएको भन्दै उहाँले सबैको साथ र सहयोग बाट विद्यालयलाई नमूना बनाउने प्रति बद्धता समेत व्यक्त गर्नुभयो ।

