काठमाडौं ।
राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको हिरासत भित्रकोफोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।