काठमाडौं । रास्वपाका सांसद सुधन गुरुङलाई गृहमन्त्री बनाउने सम्भावना बढ्दै गएको छ।
जेनजी आन्दोलनबाट उदाएका गुरुङलाई गृहमन्त्री बनाउने विषयमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच सहमति नजिक पुगेको निकट स्रोतको दाबी छ।
यसअघि पार्टीका उपसभापति डीपी अर्याल गृहमन्त्रीको चर्चामा थिए। तर जेनजी आन्दोलनमा गुरुङको सक्रिय भूमिका र रवि–बालेनबीचको एकताको सूत्रधारका रूपमा उनलाई अघि सार्ने विषयमा दुवै नेता सकारात्मक देखिएको स्रोतले जनाएको छ।

