अर्घाखाँची – शान्ति माध्यमिक विद्यालय बाँगीले भाद्र ११ र १२ गते दुई दिन स्थानीय विदा दिने भएको छ ।
विद्यालयले सोमबार एक सूचना जारी गर्दै हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सो दिन विदा रहने जानकारी गराएको हो । यसअघि भाद्र १० गते मंगलबार तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
विद्यालयका अनुसार प्रदेश सरकारको विदासँगै थप दुई दिन स्थानीय विदा तय गरिएको हो । यस अवधिभर विद्यालयमा पठनपाठन कार्य नहुने र भाद्र १३ गते शुक्रबारदेखि पुनः नियमित कक्षा सञ्चालन हुने सूचना मार्फत विद्यालयका प्रअ मानबहादुर पाण्डेले जानकारी दिएका हुन् ।
सूचना :