काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्य रु १२ सय ले बढेर रु २ लाख ६ सय पुगेको हो।
यस्तै, चाँदीमा भने सानो मात्र वृद्धि भएको छ। प्रतितोला रु ५ ले बढ्दै चाँदी रु २ हजार ३ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुन प्रतितोला रु १ लाख ९९ हजार ४ सय मा र चाँदी रु २३ सय ५५ मा कारोबार भएको थियो।

