हरि कुँवर, अर्घाखाँची ।
साथी बहुउद्देश्यीय सहकारी द्वारा बरिस्ठ पत्रकार बिरेन्द्र केसी सम्मानित भएका छन् ।
साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को चाैथाे वार्षिक साधारणसभाकाे अवसरमा साथी सहकारीको गतिविधिकाे उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै कान्तिपुर दैनिकका उपसम्पादक एवम् अर्घाखाँची जिल्लाका बरिस्ठ पत्रकार वीरेन्द्र केसीलाई सम्मान गरिएको छ ।
यस कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रामजीप्रसाद घिमिरेले सम्मान गरेका हुन् । केसी दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।
पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो तर पछिल्लो समय पत्रकार लाई हेर्ने नजर अलि भिन्न किसिमको पाइने प्रवृत्ति बढेको छ । तर केसीले आफ्नो पत्रकारितामा कसैको र कुनै किसिमको रंग मिसावट गरेनन् । समाजमा लुकेका निष्पक्ष सूचना आम जनतालाई दिने काम गरि रहे फलस्वरूप केसी गतवर्ष प्रेस काउन्सिलबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रपति रामचन्द्र पाैडेल, सञ्चार मन्त्री रेखा शर्माबाट पुरस्कृत भएका थिए । त्यस्तै उत्कृष्ट कलम चलाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट पुरस्कृत समेत भएका छन् ।
तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चाधरी, प्रदेश प्रमुख अमिक शेरचन र सभामुख तुलाराम घर्तीबाट सम्मानित भएका थिए । यी सहित केसीले दर्जनाै पुरस्कार पाइसकेका छन् ।