अर्घाखाँची ।
अर्घाखाँचीमा स्थानीय युवाहरूले नेता रायमाझीको पक्षमा जिल्लामा हस्ताक्षर अभियान सुरु गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीको रिहाइको माग गर्दै अर्घाखाँचीमा स्थानीय युवाहरूले स्वतःस्फूर्त हस्ताक्षर अभियान थालेका छन्।
सन्धिखर्कको बसपार्क र हाटबजारबाट सुरु भएको अभियानमा कुनै राजनीतिक दलको औपचारिक संलग्नता छैन।
सहभागीहरूका अनुसार रायमाझीमाथि राजनीतिक प्रतिशोध स्वरूप जेलमा राखिएको हो। उस्तै मुद्दामा संलग्न कांग्रेस नेता बालकृष्ण खाँडसहित केही व्यक्ति धरौटीमा रिहा भइसकेका छन्।
नेकपा एमाले अर्घाखाँचीले भने न्यायिक प्रक्रिया अदालतमै सीमित रहने बताएको छ। रायमाझीको मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ।