अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले Gen Z आन्दोलनका नाममा भइरहेको आक्रमण, आगजनी, लुटपाट र धाकधम्कीलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन् “चोरको खुट्टा काटिने छ भन्ने धम्की दिँदा खास चोरले खुट्टा पहिल्यै झिक्थ्यो भन्ने जस्तै अवस्था अहिले देखिएको छ। अनाहकमा मानिस मारिन्छ, घरमा आगो लगाइन्छ, लुटपाट हुन्छ यस्ता अपराधविरुद्ध बोल्न पाउनैपर्छ।”
भुसालले आन्दोलनका नाममा कुनै व्यक्ति माथि हुने निरन्तर आक्रमणको आलोचना गर्दै थपे “कर्मचारी पनि मान्छे हुन्, बारम्बार आक्रमण गर्न मिल्दैन। बढी के हुन्छ ज्यान खान्छौ? मरेसरह भएर बाँच्नु भन्दा बरु मर्न तयार छु।”
उनले एमालेले अर्घाखाँचीमा कुनै आपराधिक गतिविधि नगरेको स्पष्ट पार्दै भने “हामीले सकेसम्म नागरिकमैत्री सेवामा ध्यान दिएका छौँ। तर हेपाइ अब सहिँदैन। मर्नै परे पनि तिम्रो हातबाट मर्छु, आऊ।”
भुसालले हिंसा र तोडफोडले आन्दोलनलाई बदनाम मात्रै बनाउने फाइदा कसैलाई नहुने बताउदै जनतालाई यस्तो गतिविधिविरुद्ध सचेत र एकजुट हुन अपिल समेत गरेका छन्।