काठमाडौं । नेपाली कांग्रेसका ६ वरिष्ठ नेताहरू छलफलमा जुटेका छन्।
छलफल काठमाडौंको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा दिउँसो २ बजेका लागि बोलाइए पनि बैठक सवा ३ बजे सुरु भएको हो। सहभागी नेताहरूमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, शशांक कोइराला र प्रकाशशरण महत छन्।
यी नेताहरूले १५औं महाधिवेशनलाई केन्द्रमा राखेर छलफलमा पार्टीभित्रको असन्तुलन, आगामी गठबन्धन रणनीति र संघीय राजनीतिका चुलिंदो समीकरणहरूबारे समीक्षा भएको स्रोतले जनाएको छ।