अर्घाखाँची ।
प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानी गाउँपालिकाले निलम्बन गरेको छ।
बाल शिक्षा माध्यमिक विद्यालय मा कार्यरत शिक्षक बुद्धि
बहादुर विकलाई शुक्रवार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
शैक्षिक गुणस्तर अभिवृद्धिको विषयमा गाउँपालिका संवेदनशील रहेको तथा यी र यस्ता किसिममा शैक्षिक सुशासनमा आघात पुर्याउने जोसुकैलाई कानुनको दायरामा ल्याई कानुनबमोजिमको कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत कँडेलले
जानकारी दिएका हुन ।
प्रेस विज्ञप्ति :