काठमाडौं ।
टिकटकमार्फत जातीय, साम्प्रदायिक र प्रतिष्ठित व्यक्तिहरूविरुद्ध भ्रामक सामग्री प्रचार गरेको अभियोगमा पक्राउ परेकी रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
खोटाङकी ३१ वर्षीया बस्नेतलाई साइबर ब्युरोले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो।
उनले नेताहरु विरुद्ध टिकटक सामग्री पोष्ट गरेकी थिइन्।

