अर्घाखाँची ।
रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी अर्घाखाँचीले हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको सन्देश फैलाउने तथा मदन भण्डारीको ७४ औं जन्म जयन्तिको अवसरमा भोलि वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ।
असार १४ गते शनिबार बिहान ११ बजे सन्धिखर्क नगरपालिका–१० स्थित निर्माणाधीन एयरपोर्ट आसपासको ग्रिन पार्क क्षेत्रलाई हराभरा बनाउने लक्ष्यसहित वृक्षारोपण गरिने जिल्ला अध्यक्ष मित्रमणि मिश्रले जानकारी दिए।
यस अभियानमा फेडेरेसनका सम्पूर्ण सदस्य, स्थानीयवासी तथा सरोकारवालाको उपस्थिति रहनेछ।जननेता भण्डारीको योगदान र स्मृतिलाई जीवन्त राख्न यस प्रकारको कार्यक्रम राखिएको हो। सहभागी भई वातावरण संरक्षणमा योगदान पुराउन जिल्ला सचिव विष्णु भुसालले सबैमा आग्रह गरेका छन्।
“रिटर्कीको ज्ञान, सीप, पूँजी र जाँगर-समृद्ध नेपाल निर्माणको दिगो आधार” भन्ने मुल नारा सहित रिटर्नी फेडेरेसन नेपाल जिल्ला शाखाले विगतदेखि नै जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सकारात्मक गतिविधि गर्दै आएको छ। वातावरण संरक्षणमा सबैको साथ र सहकार्य आवश्यक रहेको आयोजकले जनाएको छ।