अर्घाखाँची ।
मालारानी गाउँपालिकाको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
मालारानी गाउँपालिका, अर्घाखाँचीले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिमा जोड दिइएको हो ।
जैविक मल र विषादी कारखाना स्थापना, शीत भण्डारण केन्द्र सञ्चालन, मसला उद्योग स्थापना, रैथाने बालीको प्रवर्द्धन, माटो परीक्षण मिनिल्याब, भूमि बैंक, बाख्रा नश्ल सुधार केन्द्र स्थापना लगायत कार्यक्रम छन्।
स्वास्थ्यमा निःशुल्क एम्बुलेन्स सेवा, सामाजिक सुरक्षामा सहाराविहीनलाई सहयोग, ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम, पर्यटन प्रवर्द्धनमा गाइडबुक र QR कोडमार्फत प्रचार, खानेपानीमा ८०% विद्युत् अनुदान र आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिनेछ।
कार्यक्रम कार्यान्वयनमा सहकार्य र पारदर्शिता प्राथमिकतामा रहेको गाउँपालिकाको भनाइ छ।