अर्घाखाँची ।
तुल्सीराम अधिकारी (वर्ष ६०) अर्घाखाँची जिल्लामा आएको ५ वर्ष पुग्याे । उहाँको स्थायी घर खाेटाङ जिल्लामा पर्दछ । अर्घाखाँची जिल्ला आउनु पहिला उहाँले लुम्बिनीमा रेशाबाट उत्पादित कपडा उद्योग संचालन गर्ने र उत्पादित सामान पर्यटकहरूलाइ बिक्री गर्ने गर्नुहुन्थ्याे ।
उहाँको छाेरा कृषि बिषयमा बिद्याबारिधी गरि काेरियामा अध्यापन गराउनु हुन्छ भने छाेरीले पनि काेरियामा स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ । उहाँ अर्घाखाँची प्रवेश गर्नुकाे मुख्य उद्वेश्य रेशाजन्य बनस्पति केतुकेकाे बारे अध्ययन गर्ने, केतुकेकाे पात खरिद गरि आफ्नाे उद्योगमा केतुकेकाे रेशाबाट कपडा बनाउने थियाे । करिब ५ दिन केतुकेकाे संभावना र अध्ययनमा लाग्नु भयाे सँगै टिमुर खेतिकाे समेत अध्ययन गर्नु भयाे ।
उहाँले केतुकेबाट भन्दा टिमुर खेतीबाट बढि आम्दानी लिन सकिन्छ भन्ने निष्कर्ष सहित शितगंगा नगरपालिका वडा नं. २ काे घाेरबन्दामा १३८ राेपनी जग्गा खरिद गरि पहिलाे बर्ष ८०० बाेट टिमुर लगाउनु भयाे । टिमुरकाे संख्या अहिले ४१०० पुगेको छ । पहिलो वर्ष लगाएका ८०० विरूवाले राेपेकाे ४ वर्षमा उत्पादन दिन शुरू गरेका छन् । आगामी बर्ष २८०० बिरूवाले उत्पादन दिने उहाँले बताउनु हुन्छ । जग्गा खरिद, आवासकाे लागि घर निर्माण लगायतकाे कार्य गर्न यस ५ वर्षको अबधिमा ८३ लाख लगानी गरेकाे हाल उक्त फार्ममा ३ जना ब्यक्तिले राेेजगार समेत पाएका छन् ।
बिरुवा राेपेकाे २ वर्षसम्म हुर्काउन समस्या भएपनि त्यसपछि खासै मेहनत गर्नु नपर्ने, बन्यजन्तुले हानी नगर्ने, निरन्तर उत्पादन दिने, उत्पादित बस्तुकाे बजारीकरमा समस्या नहुने भएकोले टिमुर खेती प्रति आफू आकर्षित भएकाे बताउनुभयाे । सुकेको टिमुर २०००।- रूपैँया प्रति किलाेकाे दरले सहजै बिक्री हुने गरेको छ ।
उहाँको जीवन संघर्ष कुनै फिल्मकाे कथा भन्दा कम छैन् । २०३५ सालमा ब्यवस्था बिराेधी कार्य गरेको भन्दै तत्कालीन सरकारले धरपकड गर्न खाेज्दा १६ वर्षकै उमेरमा भुटान पुग्नु भाे, भाेटेकाे सुन्तला खेतीमा काम गर्नुभयाे । करिव ४ वर्ष भुटान बसेपछि भारत पुग्नुभयाे । बिहेवारी उतै गरेर स्वदेशमै केही गर्ने आटका साथ स्वदेश फर्कनुभयाे । काठमाडौंका फुटपाथमा कपडा बेचेर छाेराछाेरी हुर्काउनु भयाे । लुम्बिनीमा आएर कपडा उद्योग सहित पसल संचालन गर्नुभयाे । यी सबैलाई छाेडेर टिमुर खेतीमा संभावना देेखेर टिमुर उत्पादनमा लाग्नु भएको छ । उहाँको याे हिम्मत र साहस प्रति उच्च सम्मान छ । स्वदेशमा बसेर केही गर्छु भन्नेलाइ संभावना छ भन्ने सन्देश दिनुभएको छ ।
हाल उहाँ अखिल नेपाल किसान महासंघकाे लुम्बिनी प्रदेश कमिटी सदस्यकाे जिम्मेवारीमा रहि प्रदेश भरिका जडिबुटी उत्पादकहरूकाे संजाल निर्माणकाे कार्यमा लाग्नु भएको छ ।
लिला बरालसँगकाे कुराकानी बाट लिएका हौं ।