रुद्रमणि भुसाल,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको हंसपुरमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । तिहार र छठ पर्व नजिकिएसँगै घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको अर्घाखाँचीको सयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा विभिन्न पसलबाट म्याद गुज्रेका करिब १५ हजार ५ सय बराबरको अखाद्य सामग्री जफत गरि नष्ट गरिएको अनुगमन टोलीका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको प्रमुख दुर्गा न्यौेपानेले जानकारील दिनुभयो ।
मापदण्ड बिपरित पसल संचालन गरेको, मूल्य सूचि, साइनबोर्ड नराखेको, दर्ता तथा नविरकण नगरेका पसललेहरुलाई ७ हप्तादेखि १५ दिनभित्रमा सम्बन्धित वडा र पालिकामा गएर पसल दर्ता, नविकरण र मापदण्ड बमोजिम कागजात मिलान गर्न निर्देशन गरिएको पजल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रतिनिधि खुबिराम पोख्ररेलले जानकारी दिनुभयो ।
आज मालारानी गाउँपालिका वार्ड नंं. ६ हसंपुरका करिब २५ वटा पसलमा अनुगमन गरिएको घरेलुका कर्मचारी हुम बहादुर बिकले बताउनुभयो । म्याद गुज्रिएका र मापदण्ड बिपरित पसल संचालन गरिरहेकाहरुबाट रङ्ग, मिठाइ , मसलाजन्य अखाद्य सामान जफत गरि नष्ट गरिएको छ ।
कतिपय किराना तथा हार्डवय पसलले पेट्रोल लुकीछिपी बिक्री बितरण गरेकोले गैर कानुनी काम नदोहो¥याउन पनि निर्देशन दिइएको छ ।यदि अर्को पटकको अनुगमनमा पनि यस्तो गल्ती भेटिए जरिवाना सहित अन्य कानुनी कारबाही गर्ने चेतावनी टोलीले दिएको छ । मूल्यसुचि नटाँसेको,मापदण्ड अनुसारका नाप तौलका ढक तराजु नभएको, अन्य आवश्यक व्यवस्थापन र सरसफाइजस्ता विषयहरू पनि अनुगमनको क्रममा टोलीले हेर्ने गरेको छ ।
चाडबाडका बेला उपभोक्ता ठगिनबाट बँचाउन तथा कालोबजारी रोक्न अनुगमन कार्यलाई निरन्तरता दिइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ । चाडपर्वका बेला हुने भीडभाडको मौका छोपेर ठगी धन्दा र कालोबजारी चल्न सक्ने कुरालाई मध्यनजर गरि अनुगमन नियमित गर्न थालिएको टोलीका सदस्य दिपचन्द्र भुसालले बताउनुभएको छ ।अनुगमन टोलीमा नेपाल पत्रकार महासघंका उपाध्यक्ष रुद्रमणि भुसाल , उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ , चेम्बरअफ कमसका उपाध्यक्ष लिलाधर बस्याल ,प्रहरी हवल्दार मदन प्रराजुली , घरेलुका हरि पंन्थी लगायतको सहभागीता रहेको थियो ।