अर्घाखाँची ।
कडा परिश्रम, आत्मविश्वास र परिवारको निरन्तर समर्थनले जब मिलेर एकसाथ उकालो चढ्छ, तब सपनाले पनि गगन छुन्छ। यही उदाहरण बनेकी छन् अर्घाखाँचीकी होनहार छात्रा पुर्णिमा खनाल।
युवा वर्ष जनता रविचित्र माध्यमिक विद्यालय, सन्धिखर्क–१ हटारीनेटा बाट एसईई २०८१ को नतिजामा उनले ३.९६ जिपिए ल्याएर जिल्लाभरका सामुदायिक विद्यालयतर्फ छात्रा समूहमै प्रथम बन्न सफल भएको दाबी गरेकी हुन। यो सफलता उनको मात्र होइन, उनका परिवार, विद्यालय र सम्पूर्ण जिल्लाका लागि गौरवको विषय बनेको छ।
भविष्यमा साइन्स विषय लिएर अझै अगाडि बढ्ने अठोट लिएकी पुर्णिमाले आफ्नो सानो उमेरमै ठूलै सपना देखेकी छन्। मेडिकल फिल्ड बाट डाक्टर हुने इच्छा रहेको छ । उनले आफ्ना बुवा-आमा, गुरुजन, साथीभाइ र विद्यालय परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै भनिन्, ” मेरो आजको सफलता उनीहरूकै प्रेरणा र साथको परिणाम हो। म अझ धेरै मिहिनेत गरेर परिवार र जिल्लाको नाम अझ उज्ज्वल बनाउन चाहन्छु।”
आफ्नै लगनशीलता र सकारात्मक सोचका साथ अघि बढेकि पुर्णिमाको यो सफलता अरू धेरै विद्यार्थीका लागि प्रेरणा बनेको छ ।