शोभाखर पन्थी, अर्घाखाँची ।
नेकपा एमाले सन्धिखर्कको दोस्रो नगर अधिवेशन कार्तिक ३ गते हुने भएको छ । एमाले सन्धिखर्कको बैठकले नगर अधिवेशनको मिति तय गरेको हो ।
बैठकले अधिवेशन सम्पन्न गर्नको निम्ति नगर कमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा १ सय ५५ सदस्यीय मूल आयोजक कमिटी निर्माण गरेको छ ।
साथै अधिवेशन सानदार रुपमा सम्पन्न गर्नको लागि विभिन्न ६ वटा उप-समिति समेत बनाईएको छ ।
बैठकले असौज १२ गते नगरका १२ वटै वडा कमिटी तथा जनसंगठनका बैठक बसी प्रतिनिधि चयनको लागि योजना बनाउने निर्णय गरेको छ ।
अधिवेशनको निम्ति असौज १९ गते सबै वडा बाट एकसाथ प्रतिनिधि चयन गर्ने एमालेको तयारी छ ।
प्रतिनिधि चयन गर्दा समावेशी हिसावले चयन गर्ने जनाईएको छ । एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष कुशल भुसालले प्रतिनिधि चयन गर्दा खुल्ला बाट १५ जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन गरीने वताउनु भयो ।
यसैगरी दलित बाट ८ बराबर एकजना प्रतिनिधि चयन हुनेछन् । ३ जना प्रतिनिधि चयन गर्दा कम्तिमा एकजना महिला र १० जना प्रतिनिधि चयन गर्दा कम्तिमा एकजना ३५ बर्ष भित्रको युवा अनिवार्य चयन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले उच्चमनोवलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
उहाँले पछिल्लो समय नेता तथा कार्यकर्तामा केही विचलन देखा परेको प्रति गुनासो गर्दै राजनीति केही पाउनको लागि नभई समाज रुपान्तरण र परिवर्तनको निम्ति गरिने वताउनु भयो । नेता क्षेत्रीले ग्रामिण क्षेत्रमा काम गर्ने कार्यकर्ता पार्टीको बलियो खम्बा भएको बताउँदै उनिहरुको उत्साह र क्रियासिलतामा पार्टीको भविस्य अडिएको धारणा राख्नु भयो ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालले नेकपा एमालेका कार्यकर्ता एकजुट भएर अगाडि बढेमा कुनै तागतले हराउन नसक्ने बताउनु भयो । पार्टीले मिसन ८४ लाई लक्षित गरी योजना निर्माण गरेर अगाडि बढेको भन्दै उहाँले आ-आफ्नो क्षेत्र बाट डटेर पार्टीको काम गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
भुसालले एमाले कमजोर भए राष्ट्रीय स्वाभिमान कमजोर हुनुका साथै मुलुकमा विकास र समृद्धिले सार्थकता पाउन नसक्ने भन्दै राष्ट्र निर्माणको महाअभियान सफल पार्न नेकपा एमालेलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले भावी पुस्ता र सन्ततिको भविष्य सुनिश्चितताको निम्ति एमालेको विकल्प नभएको दाबी समेत गर्नु भयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षता र सचिवालय सदस्य आसा परियारको संचालनमा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नगर ईन्चार्ज केवी भुसाल,जिल्ला कमिटी सदस्य तथा नगर सहज कर्ता मोतिजङ्ग रायमाझी लगायतले मन्तव्य राख्नु भएको थियो ।
बैठकमा १२ वटै वडा कमिटीका अध्यक्षहरुले आ-आफ्नो वडाको संगठनात्मक अवस्था,विकास निर्माण र भावी योजनाको वारेमा धारणा राखेका थिए । बैठकमा नगर कमटीका सदस् नेकपा एमाले सन्धिखर्कको नगर अधिवेशन कार्तिक ३ गते हुने भएको छ ।
एमाले सन्धिखर्कको शनिवार सम्पन्न बैठकले नगर अधिवेशनको मिति तय गरेको हो ।
बैठकले अधिवेशन सम्पन्न गर्नको निम्ति नगर कमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा १ सय ५५ सदस्यीय मूल आयोजक कमिटी निर्माण गरेको छ ।
साथै अधिवेशन सानदार रुपमा सम्पन्न गर्न विभिन्न ६ वटा उप-समिति समेत बनाईएको छ ।
बैठकले असौज १२ गते नगरका १२ वटै वडा कमिटी तथा जनसंगठनका बैठक बसी प्रतिनिधि चयनको लागि योजना बनाउने निर्णय गरेको छ ।
अधिवेशनको निम्ति असौज १९ गते सबै वडा बाट एकसाथ प्रतिनिधि चयन गर्ने एमालेको तयारी छ ।
प्रतिनिधि चयन गर्दा समावेशी हिसावले चयन गर्ने जनाईएको छ ।
एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष कुशल भुसालले प्रतिनिधि चयन गर्दा खुल्ला बाट १५ जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन गरीने वताउनु भयो । यसैगरी दलित बाट ८ बराबर एकजना प्रतिनिधि चयन हुनेछन् । ३ जना प्रतिनिधि चयन गर्दा कम्तिमा एकजना महिला र १० जना प्रतिनिधि चयन गर्दा कम्तिमा एकजना ३५ बर्ष भित्रको युवा अनिवार्य चयन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले उच्चमनोवलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले पछिल्लो समय नेता तथा कार्यकर्तामा केही विचलन देखा परेको प्रति गुनासो गर्दै राजनीति केही पाउनको लागि नभई समाज रुपान्तरण र परिवर्तनको निम्ति गरिने वताउनु भयो । नेता क्षेत्रीले ग्रामिण क्षेत्रमा काम गर्ने कार्यकर्ता पार्टीको बलियो खम्बा भएको बताउँदै उनिहरुको उत्साह र क्रियासिलतामा पार्टीको भविस्य अडिएको धारणा राख्नु भयो ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालले नेकपा एमालेका कार्यकर्ता एकजुट भएर अगाडि बढेमा कुनै तागतले हराउन नसक्ने बताउनु भयो । पार्टीले मिसन ८४ लाई लक्षित गरी योजना निर्माण गरेर अगाडि बढेको भन्दै उहाँले आ-आफ्नो क्षेत्र बाट डटेर काम गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
भुसालले एमाले कमजोर भए राष्ट्रीय स्वाभिमान कमजोर हुनुका साथै मुलुकमा विकास र समृद्धिले सार्थकता पाउन नसक्ने भन्दै राष्ट्र निर्माणको महाअभियान सफल पार्न नेकपा एमालेलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले भावी पुस्ता र सन्ततिको भविष्य सुनिश्चितताको निम्ति एमालेको विकल्प नभएको दाबी गर्नु भयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षता र सचिवालय सदस्य आसा परियारको संचालनमा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नगर ईन्चार्ज केवी भुसाल,जिल्ला कमिटी सदस्य तथा नगर सहज कर्ता मोतिजङ्ग रायमाझी लगायतले मन्तव्य राख्नु भएको थियो ।
बैठकमा १२ वटै वडा कमिटीका अध्यक्षहरुले आ-आफ्नो वडाको संगठनात्मक अवस्था,विकास निर्माण र भावी योजनाको वारेमा धारणा राखेका थिए । बैठकमा नगर कमटीका सदस्यका साथै नगरभित्र रहेका पार्टी नेताहरुको समेत उपस्थिति रहेको थियो ।
बैठक मदन आश्रित स्मृति प्रतिष्ठान सन्धिखर्कमा सम्पन्न भएको थियो । यका साथै नगरभित्र रहेका पार्टी नेताहरुको समेत उपस्थिति रहेको थियो । बैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको थियो ।