अर्घाखाँची । अर्घाखाँची प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।
आचार्यले सोमबार सार्वजनिक विज्ञप्ति जारी गर्दै वर्तमान राष्ट्रिय परिस्थिति र असहज वातावरणका कारण निर्वाचन स्वाभाविक र सहज रूपमा सम्पन्न नहुने निष्कर्षसहित प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेको बताएका हुन्।
डा. बावुराम भट्टराई चुनावबाट पछाडि हटेपछि अर्घाखाँचीमा पुष्करनाथ आचार्य पनि चुनावी मैदानबाट बाहिरिएका हुन् ।मनोनयन दर्तापछि गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै समर्थन मागिरहेका उनले चुनावी माहोल लाई ध्यानमा राख्दै उम्मेदवारी त्याग्नु उचित ठानेको उल्लेख गरेका छन्।

