काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।
२२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले जुत्ता, चप्पल लगाएर हिलो टार्ने प्रवृत्ति बढेको भन्दै यस्तो सोच त्याग्नुपर्ने बताए ।
उनले अनुसन्धान र सुधारमार्फत धान उत्पादन बढाउन सके आत्मनिर्भरता सम्भव हुने बताए । मलको व्यवस्थापनमा सरकार सक्षम रहेको भन्दै असार–साउनमा मल अभाव नहुने आश्वासन दिए ।
किसानको माग सम्बोधनमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले दुई वर्षभित्र धानमा आत्मनिर्भरता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।