अर्घाखाँची । विजय दशमी तथा शुभ दीपावलीको अवसरमा मालारानी-५ बाँगी आरुखोरमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
श्री शान्ति माध्यमिक विद्यालय – भूतपूर्व विद्यार्थी समाज, मालारानी -५ बाँगी आरुखोरले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा १७ गते शुक्रबार बिहान १० बजेबाट भलिबल प्रतियोगिता सुरु गर्ने बताएको हो ।
प्रतियोगिता नक–आउट आधारमा हुने छ। एक टोलीमा कोचसहित ८ जनासम्म खेलाडी राख्न सकिने नियम तोकिएको छ। खेलको क्रममा चोटपटक वा दुर्घटना भएमा सहभागी टोली स्वयं जिम्मेवार हुने र विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ।
विजेता समुहलाई नगद १५ हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो हुने समुह लाई १० हजारसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने समुहले ८ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा साविक अर्घा–३ नं. वडाको टोली पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ। टिम दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने दर्ताको अन्तिम समय असोज १७ गते बिहान ५ बजेसम्मको लागि तोकिएको हो ।
प्रतियोगितामा विभिन्न खेलाडी क्लब तथा समूहलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ भने खेल अवलोकनका लागि सम्पूर्ण खेलप्रेमीलाई उपस्थित रहन समेत आयोजकले आग्रह गरेको छ।