काठमाडौं – विजयादशमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा टीका ग्रहण गरेका छन्। पुरोहित अर्जुन अधिकारी र देवराज अर्यालले बिहान ११:५३ बजे शुभ साइतमा राष्ट्रपति पौडेललाई टीका लगाइदिएका हुन्।
राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काका अनुसार टीका ग्रहणपछि राष्ट्रपतिले देशवासीमा समृद्धि र शान्तिको कामना गरेका छन्।