२०८० असोज २५ गते प्रकाशित
अर्जुन थापा
नयाँ दिल्ली – भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको छ भने १०० जाना भन्दा धेरै घाइते भएको बिहार प्रहरी प्रशासनले जानकारी दिएको छ ।
दुर्घटनामा परेका मध्य २० जानाको हालत गम्भीर रहेको प्रशासन ले जानकारी दिएको छ उनि हरु लाइ पटना एम्स हस्पिटल मा रिफर गरेको छ भने अरु घाइते लाइ स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी, बिहार,बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको सेवा प्रभावित भएको छ्न।