दिल्ली । भारतको दिल्लीमा आदर्श युवा क्लबले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
भारतको दिल्ली (गुरुग्राम)मा रहेका नेपाली समुदायले आदर्श युवा क्लबको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न गरेका हुन। दिल्लीमा छरिएका नेपालीहरू एकजुट हुँदै यस कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका थिए।
कार्यक्रमको उद्देश्य सामाजिक कार्यमा सबैलाई अघि बढाउने दिन दुखी लाई सहयोग गर्ने “हामी सबै एक हौं, हाम्रो संस्कृति हाम्रो पहिचान हो” भन्ने सन्देशसहित नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिएका छन् ।

