नेपाल राज्य संवाददाता
अर्घाखाँची- शितगंगा नगरपालिकाको दुर्गम बस्ती कल्लेरीमा बस पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । अब बसमा यात्रा गरेर नगरपालिकाको कार्यालय ठाडा, तराई र बुटवल आउजाउको लागि सहज भएको छ । कृष्णनगर- चक्ला-भाविन-गल्धा-जुकेना-देउराली-फुर्सामाटा हुँदै मगराकल्लेरी बस सुचारु गरिएको छ ।
एक कार्यक्रमका बीच नगरप्रमुख छविलाल पौडेलले रिवन काटोर बस सञ्चालन भएको जानकारी गराए । यातायातलाई अब सहज बनाइएको पौडेलले बताए । कार्यक्रममा उपप्रमुख गिता भाट, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।