Author: नेपाल राज्य
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१२, डिभर्ना बार्सखर्कमा पारिवारिक विवादले भीषण रूप लिएपछि एक बुवाले ज्यान गुमाएका छन्। बुधबार दिउँसो ७० वर्षीय जंगबहादुर नेपालीलाई उनका छोरा, ४० वर्षीय झुपे नेपालीले घरमै दाउराले प्रहार गरी हत्या गरेका हुन्। झगडाका क्रममा रीसले मातिएका झुपेले कुटपिट गर्दै बुवाको टाउकोमा दाउराले प्रहार गरेका थिए। घटनापछि शवलाई मलको थुप्रो भित्र लुकाउने प्रयास गरिएको बताइएको छ। मदिराको लतले ग्रस्त झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए। घटनापछि फरार रहेका झुपेलाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले विदेशमा रहेर पनि देशको सरोकारमा बोल्न नछाड्न युवाहरुलाई आह्वान गरेका छन्। विदेशी विचारधाराका अगुवाहरूको पूजा गर्ने तर आफ्नै देशका समस्यामा आवाज उठाउने युवालाई थर्काउने प्रवृत्ति प्रति असन्तुष्टि जनाउँदै उनले भने, “रसियामा जन्मिएका लेनिनलाई पुज्छन्, जर्मनीमा जन्मिएका मार्क्सलाई आदर्श मान्छन्, चीनमा जन्मिएको माओको पूजा गर्छन्। तर, बाध्यताले विदेशिएका नेपाली युवाले देशको बारेमा बोलेको सहन सक्दैनन्।” भुसालले यस्ता सोचविरुद्ध खुला रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै युवाहरुलाई आव्हान गरे उनले भने “बोलौँ युवा हो, बोलौँ! जहाँ छौं त्यहींबाट लुटतन्त्रविरुद्ध बोलौँ!” सामाजिक सञ्जालमा पोस्ट गरेको उनको अभिव्यक्ति व्यापक रूपले साझा भइरहेको छ।
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले विदेशमा रहेर पनि देशको सरोकारमा बोल्न नछाड्न युवाहरुलाई आह्वान गरेका छन्। विदेशी विचारधाराका अगुवाहरूको पूजा गर्ने तर आफ्नै देशका समस्यामा आवाज उठाउने युवालाई थर्काउने प्रवृत्ति प्रति असन्तुष्टि जनाउँदै उनले भने, “रसियामा जन्मिएका लेनिनलाई पुज्छन्, जर्मनीमा जन्मिएका मार्क्सलाई आदर्श मान्छन्, चीनमा जन्मिएको माओको पूजा गर्छन्। तर, बाध्यताले विदेशिएका नेपाली युवाले देशको बारेमा बोलेको सहन सक्दैनन्।” भुसालले यस्ता सोचविरुद्ध खुला रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै युवाहरुलाई आव्हान गरे उनले भने “बोलौँ युवा हो, बोलौँ! जहाँ छौं त्यहींबाट लुटतन्त्रविरुद्ध बोलौँ!” सामाजिक सञ्जालमा पोस्ट गरेको उनको अभिव्यक्ति व्यापक रूपले साझा भइरहेको छ।
बुद्ध सामुदायिक वनको सुचना रुख रोपौं, हरियाली बढाऔं खाना पकाइसकेकपछि आगो, ग्यास चुल्हो वा हिटर निभाइहालौं सलाई लाइटर जस्ता आगो सल्काउने चिज, मट्टितेल, डिजल, पेट्रोल जस्ता अति प्रज्वलनशिल पदार्थहरु बालवालिकाको पहुच भन्दा टाढा राखौं र बयस्क व्यक्तिहरुले समेत सावधानीपूर्वक प्रयोग गरौं गोठमा, बारीमा वा अन्य ठाउमा कुँडो पकाइसकेपछि राम्ररी पानी हालेर आगो निभाउने गरौं खेतबारी, जंगलमा अनावश्यक रुपमा आगो लगाउने, आगो लगाएर छाड्ने काम नगरौं र आफ्नो वरपर पनि कसैलाई नर्गन दिऔं । आगलागी जोखिम रहेका घर, बस्ती नजिकै पोखरी, ट्यांकी वा अन्य कुनै तरिकाले पानीको जोहो गरि राखौं, स्याउला, माटो, बालुवा थुपारेर राखौं । चुरोट, बिडी, तमाखु, सुल्फा,…
काठमाडौं । ईटा भट्टामा घामपानी छेकेर ज्याला मजदुरी गर्दै एसईई परिक्षा उत्तीर्ण गरेर ४ GPA हासिल गर्न सफल भएकी गोमा श्रेष्ठको सपना पुरा गर्न हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष तथा बरिष्ठ समाजसेवी हेम थापाले गोमालाई एमबिबिएस अध्ययनमा टेवा पुगोस् भन्ने उद्देश्यले रु. १ लाख (एक लाख रुपैयाँ) सहयोग गरेका हुन् । ईटा भट्टाको भारी श्रमपश्चात पनि आफ्नो पढाइको सपना नमारेर गोमाले ४ GPA ल्याएको खबरले थापालाई छोएको बताइएको छ । थापाले आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा संघर्ष गरिरहेका असहाय, अशक्त र विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् । “गोमाको हिम्मत,…
काठमाडौँ । पत्रकार जमुना शर्मा श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त भएकी छन्। शुक्रबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। सरकारको मन्त्रीस्तरीय निर्णयमार्फत समितिमा शर्मा समावेश गरिएको हो। उनी पोखरा एक्सप्रेस डटकमकी प्रधान सम्पादक हुन्, जुन पोखरा एक्सप्रेस मिडिया प्रालिद्वारा सञ्चालित छ। साथै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिवसमेत रहेकी शर्माले प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छिन्। तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय शर्मा सम्पादकीय नेतृत्व, नीति निर्माण, समावेशी पत्रकारिता, महिला सशक्तीकरण, गुणस्तरीय सामग्री उत्पादन र श्रमजीवी पत्रकारको हकहितमा निरन्तर…
विद्या भण्डारीको पुनरागमन, देश र एमालेलाई एकजुट बनाउने ऐतिहासिक तयारी :श्रीकृष्ण भुसाल
अर्घाखाँची । देशभक्त र इमानदार राजनेता देशलाई आवस्यक पर्दा कतिबेला सर्बोच्च कमाण्डर पनि बन्नु पर्छ र कतिबेला सामान्य नागरिक बनेर पनि देश र जनताकाे सेवामा लाग्नु पर्छ। विद्या भण्डारीले आवश्यक पर्दा कहिले सामान्य गृहणी बनेर मदन भण्डारी जस्ताे कालजयी नेतालाई सघाउँदै आउनु भयाे भने कहिले रक्षामन्त्री र राष्ट्रपति समेत बन्नु भयाे। अहिले देश र पार्टीलाई आवश्यक ठानी पुन: नेकपा एमालेको पार्टी काममामा सक्रिय हुने निर्णय गर्नुभएको छ। जसको पूर्व तयारी स्वरुप वहाँले राज्यले पूर्व राष्ट्रपतिको हैसियतमा दिने राजकीय सुविधाहरु त्याग्नुभएको छ र अहिले वहाँ सामान्य नागरिकको हैसियतमा हुनुहुन्छ। यो नागरिकतन्त्रको अनुपम नमूना हो र अत्यन्तै स्वागतयोग्य कुरा पनि हाे। बिगत…
बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झराही खोला जाने सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा प्रतापपुर गाउँपालिका–४ का भोला राजभर र रामग्राम नगरपालिका–१५ का राहुल राजभरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ गइरहेको लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिँदा उनीहरू दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव जिल्ला अस्पताल परासीमा राखिएको छ।
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रको प्रभावकारी उपयोग गरी आयआर्जन, उत्पादन र रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेर जाने वनजन्य स्रोतलाई व्यवस्थापन गर्दै उपभोक्ताको सहकार्यमा प्रांगारिक मल उत्पादनमा जोड दिनुपर्ने धारणा राखे। सन्धिखर्क नगरपालिका–१० विहारस्थित डिभिजन वन कार्यालयको नर्सरी अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले जिल्लामा पर्याप्त मात्रामा पातपतिङ्गर खेर गइरहेको उल्लेख गर्दै भने, ‘खेर गइरहेका स्रोतलाई उपयोग गर्दै प्रांगारिक मल उत्पादन गर्ने हो भने खेतीमा पनि सुधार आउँछ, आम्दानी र रोजगारी पनि बढ्छ।’ उनले सामुदायिक वन उपभोक्ता समितिहरूलाई सक्रिय बनाएर पातपतिङ्गर संकलन गराउने र त्यसको माध्यमबाट अर्गानिक मल उत्पादन गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिए। मुख्यमन्त्रीका…
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित बाबा पाख्रिन नेकपा (माओवादी केन्द्र) मा औपचारिक रुपमा प्रवेश गरेका छन् । शनिबार राजधानीको पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाख्रिन सहित अन्य नयाँ सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रचण्डले संगीत र कलाकारिता क्षेत्रको योगदानलाई स्मरण गर्दै माओवादी आन्दोलनमा गीत–संगीतले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । कार्यक्रममा सहभागी हुँदै बाबा पाख्रिनले सामाजिक रूपान्तरणको अभियानमा आफूले कला र सिर्जनालाई प्रयोग गर्दै योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
