Author: नेपाल राज्य
अर्घाखाँची। रास्वपा अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाको आसन्न अधिवेशनलाई लक्षित गर्दै सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न आह्वान गरेका छन्। सभापति भुसालले सामाजिक संजालमार्फत भनेका छन् कि उपभोक्ताको समस्यामा जुध्न सक्ने, संस्थाको गरिमा बढाउन सक्ने र निर्णायक क्षमताको आधारमा नेतृत्व छान्नुपर्ने बेला आइपुगेको छ। उनले लेखे अनुसार विगतका वर्षमा राजनीतिक भागबण्डाले संस्थाको काम प्रभावित भएको थियो। कोठाभित्रै दलगत सहमतिमा पद बाँडफाँड गर्ने प्रवृत्ति अब रोकिनैपर्ने भन्दै उनले योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए। उनले दल निकट व्यक्ति र दल छाडेका व्यक्तिबीच विभाजन गर्ने सोच नै गलत भएको उल्लेख गर्दै…
सुमना श्रेष्ठको ‘अवसरवादी’ कवितामा अर्घाखाँचीका रास्वपा सभापति भुसालको प्रहार : “बाउ अचेत हुँदा अंश माग्ने छोरा अपराधी हुन्छ”
काठमाडौं । रास्वपा बाट विद्रोह गरेकी नेतृ सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रकाशित कवितामा समर्थक र आलोचक दुबै खालका प्रतिक्रियामध्ये अर्घाखाँचीका रास्वपा सभापति हरि प्रसाद भुसालको टिप्पणी विशेष ध्यान खिच्ने खालको बनेको छ। सुमना श्रेष्ठले आफ्ना राजनीतिक प्रतिवद्धता र आलोचकहरूलाई कविता मार्फत तीव्र जवाफ दिएकी हुन् । उनले ‘म अवसरवादी हुँ’ शीर्षकको कवितामा जनताको पीडामा मलम लगाउने, सुशासनको खोजी गर्ने र देशलाई पुनः उठाउने अभियानलाई नै अवसरवादको अर्थमा व्याख्या गरेकी छन्। श्रेष्ठले लेखेकी छन् “यदि सेवा गर्नु अपराध हो भने म त्यो अपराध स्वीकार्छु। यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने म पागलपन स्वीकार्छु।” उनको यो भावनात्मक कवितालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको…
शिक्षक अधिकारमाथि अंकुश लगाउने प्रयास अस्वीकार्य : नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँची
अर्घाखाँची । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, अर्घाखाँचीले शिक्षक अधिकारमाथि अंकुश लगाउने सरकारको प्रयासको कडा विरोध गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। संस्थाकी जिल्ला अध्यक्ष सीता बन्जाडेले शिक्षा मन्त्रीद्वारा मिति २०८२ कार्तिक २३ गते जारी ध्यानाकर्षण पत्रबारे गम्भीर आपत्ति जनाउँदै संगठनको धारणा सार्वजनिक गरेकी हुन्। देशभरका शिक्षकहरूलाई “एकजुट होऔं” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष सीता बन्जाडेले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ “नेपाल शिक्षक महासंघ, त्यसका आवद्ध संगठनहरू तथा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संगठनहरूलाई पेशागत कर्तव्य र नैतिक दायित्व विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको भन्ने आरोप पूर्ण रूपमा आधारहीन र शिक्षक संगठनको स्वतन्त्रतामाथि अंकुश…
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ कावटनेटा टोलकी २७ महिनाकी नानी नविना नेपाली अहिले जीवन र मृत्युको भीषण द्वन्द्वमा छिन्। बुबा नबिन नेपाली र आमा सिम्रन नेपालीको काखमा खेल्नुपर्ने उमेरमा उनी अस्पतालको ओछ्यानमा शल्यक्रियाको पीडासँग जुधिरहेकी हुन् । नविनालाई क्यान्सर जस्तो घातक रोगले आक्रान्त बनाएको छ। चिकित्सकका अनुसार उनको उपचारमा करिब १५ लाख रुपैयाँ लाग्नेछ। परिवारको आर्थिक अवस्था कम्जोर हुँदा परिवारसँग त्यो रकम जुटाउने कुनै माध्यम छैन। आर्थिक संकटले झनै गहिरो घाउ बनाइरहेको बेला स्थानीय पत्रकार लिलामणी पोख्रेलले साथ दिदै नविना बचाउ अभियान सुरु गरेका छन्। उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् । आज नविनालाई केवल औषधि होइन तपाई हाम्रो…
अर्घाखाँची — मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीका अध्यक्ष तथा एमाले नेता श्रीकृष्ण भुसालले सामाजिक सञ्जालमार्फत नेपालको वर्तमान राजनीतिक अवस्था र दलभित्र सुधारको आवश्यकता सम्बन्धी विचार व्यक्त गरेका छन्। उनले लेखेका छन् “सक्किनुको एक मात्र विकल्प सच्चिनु हो।” भुसालका अनुसार नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वापा र राप्रपा लगायतका प्रमुख दलहरूका संस्थापन पक्षहरू सुधार र पुनर्गठनको आवश्यकता महसुस गर्न तयार छैनन्। नयाँ राजनीतिक शक्ति वा स्वतन्त्र समूहलाई पनि सहज रूपमा स्वीकार्न पुराना दलहरू हिचकिचाउँछन् भने नयाँ शक्तिहरूले पनि पुराना दलभित्र सुधारको सम्भावनालाई अस्वीकार गरेको बताए । उनले अहिले देशमा परस्पर निषेध गर्ने प्रवृत्ति हावी भएको बताउँदै भनेका छन् “नेपालको वास्तविक आवश्यकता भनेको अस्तित्वमा…
काठमाडौं । शिक्षक र कर्मचारीले अब राजनीतिक संगठनमा सक्रियता देखाए बर्खास्त हुन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले कुनै पनि राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थामा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीका समूहलाई अबदेखि मान्यता नदिने जनाएको छ। मन्त्री पुनले स्पष्ट रूपमा सूचना मार्फत चेतावनी दिदै भनेका छन् । सरकारी सेवामा कार्यरत व्यक्तिले पेसागत हकहितका मुद्दाबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने कानुनी व्यवस्था रहेको छ। यस्तो गतिविधिमा संलग्न भएको पुष्टि भए बर्खास्तगीसहितको कारबाही हुने उनले बताएका छन्। मन्त्रालयले पछिल्ला दिनमा शिक्षासँग सम्बन्धित विभिन्न राजनीतिक समूह र संगठनको सक्रियता बढ्दै गएको…
काठमाडौं । नेकपा (एमाले)की सांसद बिजुला रायमाझीले नेपालको अस्थिरता र संकटमा विदेशी शक्तिको हात रहेको बताउँदै विदेशीको इसारामा देश नबन्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले राष्ट्रियता, संविधान र गणतन्त्रको संरक्षणका लागि सबै नेपाली युवा एकजुट हुनुपर्नेमा जोड दिएकी छन्। रायमाझीले लेखेकी छन् “विदेशीको इसारामा देश बन्दैन,नेपाल यस्तो देश हो जुन सानो भूगोलमा सीमित भए पनि प्राकृतिक सौन्दर्यले विश्वको ध्यान तान्न सक्ने अनुपम राष्ट्र हो। तर, विस्तारवादी तत्वहरूले यतिबेला देशलाई अस्थिर पार्ने योजना बनाइरहेका छन्।” उनले भाद्र २३ गते २/३ बजेपछि देशमा देखिएको विध्वंसलाई “मातृभूमिप्रति माया गर्ने युवाहरूको योजना होइन” भन्दै त्यसको पछाडि स्वार्थी र विदेशी प्रवृत्ति लुकेको…
अर्घाखाँची । नेकपा एमालेको केन्द्रीय कार्यक्रमअनुसार आज देशभरका सम्पूर्ण वडाहरूमा एकैपटक वडास्तरीय भेला तथा बैठक सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत अर्घाखाँची जिल्लाका अधिकांश वडाहरूमा पनि भेला सम्पन्न भएका छन्। एमाले अर्घाखाँचीले दिएको जानकारी अनुसार मङ्सिर २९ गते पालिका स्तरीय भेला आयाेजना गर्ने, अर्घाखाँची जिल्लाले जिल्ला स्तरीय जनसभा कात्तिक १० गते देशभरमै पहिला सम्पन्न गरेको थियाे । ११ औं महाधिवेशनकाे तयारी स्वरूप मङ्सिर १३ गते महाधिवेशन प्रतिनिधि छनाैट गर्नेछ । पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम र जनसंगठन विस्तारका विषयमा पनि छलफल भएको छ। भेलाहरूमा स्थानीय नेताहरू, कार्यकर्ता र समर्थकहरूको सक्रिय सहभागिता रहेको एमाले अर्घाखाँचीले जनाएको छ। पार्टीले वडास्तरबाटै संगठन सुदृढ गर्दै आगामी…
साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुतबाङ्गको २१ औं वार्षिक साधारण सभा सम्पन्न
रुद्रमणि भुसाल, कार्तिक २२ अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुतबाङ्गको २१ औं वार्षिक साधारण सभा आज फुलबारी बगैंचा फुदबाङमा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष लक्ष्मण कंडेलले समयअनुसार सम्पूर्ण शेयर सदस्यहरू प्रविधिमा जोडिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्पूर्ण सहकारीको आर्थिक कारोबार डिजिटल प्रविधिमार्फत गर्न जरुरी रहेको बताउनुभयो। अब शेर सदस्यले नगद बोकेर कार्यालय धाउनु भन्दा क्युआर मार्फत पैसा जम्मा गर्ने व्यवस्था गरेमा समय सँगसँगै छिटो छरितो र पारदर्शिता पनि हुने बताउनुभएको छ। २१ औँ साधारण सभाको प्रमुख अतिथि समेत रहनुभएका कँडेलले सम्पूर्ण साना किसान सहकारीका सम्पुर्ण साधारण सदस्यहरूलाई…
अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित
अर्घाखाँची — अर्घाखाँची अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित भएका छन्। स्वास्थ्य सेवा सुधार, व्यवस्थापनमा प्रभावकारी नेतृत्व र सेवाको गुणस्तर वृद्धि गर्ने कार्यमा योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो। अर्घाखाँची अस्पतालले आ.व. २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकनमा स्वास्थ्य सेवाका प्रमुख सूचकका आधारमा लुम्बिनी प्रदेशका अस्पतालहरूमध्ये दोस्रो स्थान हासिल गरेको थियो। सीमित स्रोत र विभिन्न चुनौतीबीच पनि अस्पताललाई निरन्तर उन्नतिको बाटोमा अघि बढाउँदै उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै डा. तिवारीको नेतृत्वलाई उदाहरणीय ठहर गर्दै सामाजिक संजाल फोन मार्फत हार्दिक बधाई तथा शुभकामना आइरहेका छन् । डा. तिवारीले सम्मानपछि प्रतिक्रिया…
