अर्घाखाँची । नेकपा एमालेको केन्द्रीय कार्यक्रमअनुसार आज देशभरका सम्पूर्ण वडाहरूमा एकैपटक वडास्तरीय भेला तथा बैठक सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत अर्घाखाँची जिल्लाका अधिकांश वडाहरूमा पनि भेला सम्पन्न भएका छन्।
एमाले अर्घाखाँचीले दिएको जानकारी अनुसार मङ्सिर २९ गते पालिका स्तरीय भेला आयाेजना गर्ने, अर्घाखाँची जिल्लाले जिल्ला स्तरीय जनसभा कात्तिक १० गते देशभरमै पहिला सम्पन्न गरेको थियाे । ११ औं महाधिवेशनकाे तयारी स्वरूप मङ्सिर १३ गते महाधिवेशन प्रतिनिधि छनाैट गर्नेछ । पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम र जनसंगठन विस्तारका विषयमा पनि छलफल भएको छ।
भेलाहरूमा स्थानीय नेताहरू, कार्यकर्ता र समर्थकहरूको सक्रिय सहभागिता रहेको एमाले अर्घाखाँचीले जनाएको छ। पार्टीले वडास्तरबाटै संगठन सुदृढ गर्दै आगामी दिनमा जनस्तरमा पहुँच विस्तार गर्ने तयारी गरेको बताइएको छ।

