रुद्रमणि भुसाल, कार्तिक २२ अर्घाखाँची ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुतबाङ्गको २१ औं वार्षिक साधारण सभा आज फुलबारी बगैंचा फुदबाङमा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष लक्ष्मण कंडेलले समयअनुसार सम्पूर्ण शेयर सदस्यहरू प्रविधिमा जोडिन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले सम्पूर्ण सहकारीको आर्थिक कारोबार डिजिटल प्रविधिमार्फत गर्न जरुरी रहेको बताउनुभयो। अब शेर सदस्यले नगद बोकेर कार्यालय धाउनु भन्दा क्युआर मार्फत पैसा जम्मा गर्ने व्यवस्था गरेमा समय सँगसँगै छिटो छरितो र पारदर्शिता पनि हुने बताउनुभएको छ। २१ औँ साधारण सभाको प्रमुख अतिथि समेत रहनुभएका कँडेलले सम्पूर्ण साना किसान सहकारीका सम्पुर्ण साधारण सदस्यहरूलाई पछिल्लो परिस्थिति अनुसार सहकारी प्रशिक्षणको आवश्यक रहेको बताउनुभयो । उहाँले लामो समयसम्म यस सहकारीको प्रबन्धकको रुपमा सहकारीलाई चलायमान हुनेगरी काम गरेकोमा पूर्व प्रबन्धक विष्णुप्रसाद मरासिनीलाई धन्यवाद समेत दिनुभयो ।
वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रावती पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुलपुजी १७ करोड ९६ लाख ३४,९१५ रहेको जानकारी दिनुभयो। जसमध्ये १५ करोड ऋण लगानी भएको छ। यस साना किसान कृषि सहकारी संस्था लिमिटेडले ८५% रकम कृषि क्षेत्रमा ऋण लगानी गरेको उहाँको अध्यक्ष पोखरेलको भनाइ छ ।
संस्थाकी प्रबन्धक अनिता केसीले सञ्चालक समितिको बैठकबाट पारित भएका वार्षिक योजनाहरूको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। लेखा समितिका कार्यबह्क संयोजक गोपाल श्रेष्ठले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रहेको जानकारी दिनुभयो । पुर्व प्रबन्धक बिष्णु प्रसाद मरासिनीले बीस वर्ष ६ महिना प्रबन्धकको रुपमा काम गरेर स्वैच्छिक राजीनामा दिएको जानकारी दिनुभयो । मरासिनीले आफुपदमा रहदा सधै सहकारी हितको निम्ती काम गरेको बताउनु भयो ।
यस सहकारी संस्थामा बचत रहेको सम्पूर्ण रकम सुरक्षित तरिकाले लगानी गरेकाले ढुक्क भएर आफ्नो बचत जम्मा गर्न सम्पूर्ण सेयर सदस्यहरूलाई आग्रह गर्नुभयो। १३ सय ३२ साधारण सदस्य रहेको सहकारीमा उत्कृष्ट कृषक र वृद्धवृद्धालाई नगद सम्मान समेत गरिएको थियो ।
यस सहकारी संस्थाको साधारण सभामा उपाध्यक्ष पद्मलोचन आचार्यको स्वागत मन्तव्य र पूर्व प्रबन्धक विष्णुप्रसाद मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।
थप तस्बिर :


