नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको विद्यालयका किशोर समूहका छात्राको लागी वितरण गर्नको लागी ल्याइएको सेनेटारी प्याड ६ महिना देखी नगरको गोदाममा थानकियो छ ।
विद्यालय जाने उमेरका किशोरी महिनावारीको समयमा पनि बिद्यालय आउने वातावरण बनाउनको लागी देशैभारीका विद्यालयलाई निशुल्क सेनेटरी प्याड वितारण गर्ने सरकारले निति ल्यायो ।
त्यस्तै रामग्राम नगरपालिकाले निशुल्क सेनेटरी प्याड वितारण गराउदै आएको छ । नगर भित्रा ३२ समुदायिक २७ निजी विद्यालय र २ क्याम्पस छ । नगरले वितारण गर्ने सेनेटरी प्याडको गुणस्तर माथी प्रश्न उठेको छ ।
महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने गएपनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ता समाधनको लागी सरकारले प्रत्येक समुदायिक विद्यालयलाई सेनेटरी प्याड निशुल्क वितरण गर्ने प्रवाधन ल्यायो ।
तर नवलपरासीका रामग्राम नगरपालिको किशोर समूहका छात्राहरुलाई अहिले त्यो समस्याले सताउन थलेको छ । नगरपालिकाले ल्याएको स्यानिटरी प्याड ६ महिना देखी गोदाममै थन्किएको पछि यो समस्या आएको हो ।
रामग्राम नगरपालिका क्षेत्र भित्रा ३२ समुदायिक र २७ निजी विद्यालय छान । ति मध्या अधिकांस विद्यालयमा छात्राहरुलाई माहिनवारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड वितारण भैरहेको छ । गत आर्थिक बर्षा ०७८/०७९ मा सेनेटरी प्याडको लागी २६ लाख बजेट छुटयाईएकोमा इभिडिंग मार्फत टेण्डर गर्दा ११ लाखमा टेण्डर भयो । सोही प्याड ६ महिना देखी गोदाममै थन्किएको छ । नगरले उपल्बध गरएको नियुन गुणस्तार र आकार सानो भएकोले प्रयोग गर्न असहज भएको छात्राहरुको गुनासो छ।
अधिलो आर्थिक बर्षामा एउटै अकारको सेनेटरी प्याड खरिद गरेको नगरले यस बर्षा गुणरुतरीय प्याड खरिद गर्ने बताएको छ । नगरले यस बर्षा पनि सेनेटरी प्याड खरिद गर्न २५ लाख रुपैया बजेट छुटयाइएको छ ।
गुणस्तरहिन सेनेटरी प्याड ल्याएको करणले रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरीले स्यानिटरी प्याड वितरण गर्न रोक लागउनुभएका हो । जुन स्यानिटरी प्याड सेम्पलको लागी देखाइएको थियो त्यो नभएको र गुणस्तरमा कमी देखिएकोले बिद्यालयमा बितरण नगरेको केही विद्यालयमा वितारण गरेको सेनेटरी प्याड नगरपलिकामा फिर्ता ल्याइएको उपमेयर चौधरीले बताउनुभयो ।
सेनेटरी प्याड वितरण तथा व्यास्थनपन कार्य विधी २०७६ अनुसार स्थानिय तहमा सेनेटरी प्याड वितरण तथा व्यावस्थापन समितीको संयोजक उपमेयर र उपध्याक्ष रहने व्यावस्था छ । तर रामग्राम नगरपालिका भने ११ लाखको सेनेटरी प्याड खरिद गरेयो तर उतm प्याड गुणस्तारहिन रहेको भन्दै ६ महिना देखि नगरको गोदाम मै थान्किनु ।
बिद्यालयमा वितारण गरिएको प्याड पनि नगरमै फिर्ता ल्याउनु र जिन्सी प्रमु्ख ले गुणस्तार के कस्तो छ नहेरी आँख बन्द गरी गोदाममा राख्नुको पछाडी के होला रहस्या ।
महिनावारी हुँदा छात्रालाई विद्यालय नियमित आउन सहज होस् भनेर निःशुल्क उपलब्ध हुने समाग्री नगरको जिन्सी प्रमुख सन्तोष घिमिरेको लापरबाहीले प्रयोगमै नआएको देखिन्छ । सेनेटरी प्याड ल्याएको ६ महिना बित्दा पनि गुणस्तरका समान नल्याउने कानमा तेल हलेर बस्नुको करण कमीशनको खेल रहेको बुझिन्छ ।
स्यानिटरी प्याड कार्यविधि २०७६ मा न्यूनतम लम्बाइ २४०, चौडाइ ६० देखि ७५ र मोटाइ १५ एमएम हुनुपर्ने उल्लेख छ ।
महिनवारी समयमा विद्यालय नै नआउने छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउन सेनेटरी प्याड वितारण गर्ने नगरको योजन प्रशासनिय छ । तर उपयोग गर्ने विद्यार्थीहरुको अवश्यक र त्यसको गुणस्तारमा ध्यान दिन जरुरी छ । यस्ता घाटनले जनतालाई सेवा भन्दा पनि भ्रष्ठाचार स्थानिय तहसम्मा पुगेको अवास गराउछ ।