लक्ष्मी खनाल – अर्घाखाँची । श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालयकी कुशल शिक्षिका बसन्ता भुसालले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा स्थापना गर्नुभएको दुर्गा प्रसाद यमकला भुसाल अक्षयकोष बाट प्राप्त व्याजद्वारा २०८२ सालका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।
विद्यालय परिसरमै आयोजित कार्यक्रममा प्रावि, निमावि र मावि तहका दुई–दुई जना गरी ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।
गत वर्ष (२०८१) मा मावि तहबाट SEE जिल्ला प्रथम विद्यार्थी पूर्णिमा खनाल र प्रफिट अधिकारी, निमावि तहबाट सन्ध्या पोखरेल र सरद भुसाल तथा प्रावि तहबाट वर्षा मुखिया र जेनिस चौहानलाई छात्रवृत्ति वितरण गरिएको थियो।