नेपाल राज्य संवाददाता
अर्घाखाँची– शितगंगा नगरपालिकाको जलुके दमारबेशीको सितखोलामा झाेलुंगे पुलको प्रदेशसभा सांसद रामजीप्रसाद घिमिरेले शिलान्यास गरेका छन् । सिलखोलामा १ सय ३६ मिटर लामो पुल बन्ने भएको छ । एक करोड ५८ हजार रुपैयाँको लागतमा आस्था निर्माण सेवाले पुल निर्माण गर्ने जिम्मा पाएको छ ।
पुल नुहँदा दमारबेशीका सर्वसाधारणलाई समस्या भएको र लुम्बिनी प्रदेश सरकारको बजेटमा पुल बनेपछि वर्षायाममा खोला वारपार गर्न र भालुवाङ बजारमा किनमेल गर्नलाई सहज हुने एमाले नेता प्रेमनारायण गैरेले बताए ।