काठमाडौं । नेकपा (एमाले)ले भोलि अर्थात् बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ।
पार्टी मुख्यालय च्यासलमा बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ। सचिवालय बैठकमा पार्टीको आगामी पोलिटब्युरो बैठक (२ साउन) र केन्द्रीय कमिटी बैठक (५ साउन) को तयारीका विषयमा विशेष छलफल हुने एमालेले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, कार्यदिशा तथा संगठनात्मक विषयहरूबारे पनि छलफल हुने सम्भावना छ।