शोभाखर पन्थी,अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीका अगुवा कार्यकर्ता अहिले पढ्नमा व्यस्त छन् । पार्टीले प्रत्येक पालिकामा दुई दिने सैध्दान्तिक प्रशिक्षण संचालन गरेपछि जिल्लाका १५ सय बढी अगुवा कार्यकर्ता पढ्नमा व्यस्त भएका हुन् ।
प्रशिक्षणमा ६० काटेका अनुभवी कार्यकर्ता देखी १८ वर्ष पुगेका नौजवान युवाकार्यकर्ता समेत एकैठाउँ बसेर तालिम लिई रहेका छन् । एमाले जिल्ला स्कूल विभाग द्वारा संचालित प्रशिक्षण कार्यक्रम शीतगंगा,मालारानी,पाणिनि र भुमिकास्थानमा सम्पन्न भैसकेको छ भने छत्रदेव गाउँ पालिका र सन्धिखर्क नगरपालिकामा प्रशिक्षण गर्ने तयारी छ ।
जिल्ला कमिटी अध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख पीताम्बर भुसालले महाधिवेशन बाट पारित सिद्धान्त,निती,कार्यक्रम र कार्यदिसा,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य केवी भुसालले वर्ग समाजको वर्गीय चरित्र र वर्ग पक्षधरता,जिल्ला सचिव तोजबहादुर रायमाझीले वर्तमान राजनीतिक प्रणाली ,पार्टी र जनप्रतिनिधि बीचको अन्तर सम्बन्ध ,जिल्ला उपसचिब शम्भुप्रसाद पोख्रेलले समाज ,राज्य र कम्युनिष्ट पार्टी,कार्यालय सचिव लिलबहादुर बि.क.ले समृध्द नेपाल सुखि नेपालीको अबधारणा र उद्यमशीलता,पाणिनि गाउँ पालिका कमिटीका अध्यक्ष तथा पार्टी स्कुल बिभाग उपप्रमुख कमल घिमिरेले राजनैतिक शब्द परिचय,एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले संगठन,पार्टी सदस्यता,कम्युनिष्ट शैली पद्धती र अनुशासन , नगर सचिव कुशल भुसालले प्रविधिको प्रयोग,स्कुल बिभाग सदस्य विष्णु पोख्रेलले राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणका सहभागीले निकै चासोका साथ तालिममा सहभागीता जनाएका थिए ।
प्रशिक्षणले कार्यकर्तामा जिज्ञासा जगाएको ,पढ्नु पर्छ -जान्नु पर्छ भन्ने भाव पैदा गरेको र समग्रतामा सैध्दान्तिक निखारताको निम्ति प्रेरित गरेको सहभागीहरुको भनाई छ । प्रशिक्षण कार्यक्रम वडा र टोल कमिटी सम्म सन्चालन गर्ने तयारी रहेको जनाईएको छ ।
प्रशिक्षणमा एमाले पालिका कमिटीका सदस्य,पालिका भित्रका सबै पार्टी बाट निर्वाचित जनप्रतिनिधि, वडा पदाधिकारी तथा जनसंगठनका पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रशिक्ष पछि कार्यकर्ताले बैचारीक बहस गर्न थालेको जनप्रतिनिधिमा थप जिम्मेवारी बोध भएको एक सहभागीले बताए ।