Author: नेपाल राज्य

कुवेत । नेपालका ताजा र गुणस्तरीय तरकारीहरू अब कुवेतको प्रमुख बहुराष्ट्रिय वजार लुलु हाइपरमार्केट मा पाइने भएका छन्। अल राईस्थित लुलु हाइपरमार्केटमा आयोजित एक विशेष कार्यक्रममार्फत नेपालबाट आयात गरिएका तरकारीहरूको सार्वजनिक प्रदर्शन गरिएको हो। उद्घाटन समारोहमा नेपालका महामहिम राजदूत घनश्याम लम्साल, श्रम सहचारी गिरी प्रसाद आचार्य, तृतीय सचिव रामपुनित यादव तथा लुलु हाइपरमार्केटका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालबाट सिमी, लामो बोंडी, अकबरे खुर्सानी, इस्कुस, करेला, बाँसको तामा लगायतका मौलिक तथा ताजा तरकारीहरू ल्याइएको हो। यी सामग्रीहरू सामान इन्टरनेशनल प्राइभेट लिमिटेड मार्फत कुवेत पुर्‍याइएका हुन्। कार्यक्रममा बोल्दै सम्बद्ध पक्षले अर्गानिक अवोकाडो, स्याउ, लिची र नेपाली कफी समेत छिट्टै कुवेतको बजारमा…

Read More

काठमाडौं । अर्घाखाँचीका बहुप्रतिभाशाली गायक तथा सर्जक मोतिराज खनालको तीज विशेष गीत “छड्के कपाल किन कोरेको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली महिलाको महान पर्व तीज भावना, श्रद्धा, उत्सव र सामूहिकतासँग जोडिएको पर्व हो। कलाकारले तीज नजिकै गर्दा सामाजिक यथार्थ, नारी चेतना, प्रेम, वियोग, आशा र संघर्षका कथाहरू संगीतमार्फत प्रस्तुत गर्ने गर्छन् । यही सन्दर्भमा राजधानीको रिपोटर्स क्लब नेपालमा सोमबार आयोजित एक भव्य समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । सन्सा फिल्म्सको आयोजनामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुरज खनालको अध्यक्षता रहेको थियो भने नेकपा एमालेकी सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । गायक खनालकै शब्द, संगीत तथा स्वरमा…

Read More

बुटवल । बुटवल उपमहानगरपालिकाले असार ३० गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार आवश्यक रहेको स्पष्ट भएको छ। नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। उनले सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गरे। बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी…

Read More

बुटवल। बुटवलको कालिकानगरमा सोमबार बिहान स्कुटर दुर्घटनामा परि ५७ वर्षीय पूर्ण श्रेष्ठको मृत्यु भएको छ। मिर्गौला पीडित श्रेष्ठ डायालिसिसका लागि अस्पताल जाँदै गर्दा लु १९ प २६९७ नम्बरको स्कुटर अटोरिक्सा (ना २ ह ७५३) सँग ठोक्किएर दुर्घटना भएको हो। श्रेष्ठ पाल्पाको पूर्वखोला–४ स्थायी घर भई बुटवल–१० कालिकानगरस्थित दिदीको घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार अटोरिक्सा मैनाबगरमा लुकाइएको अवस्थामा फेला परेको छ।

Read More

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै १० जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए। नेविसंघले विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेको छ।

Read More

काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै विपद् व्यवस्थापन र उद्धार कार्यमा सक्रिय रहन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो। हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।” रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न…

Read More

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इञ्चार्ज ठाकुरकुमार विक ‘किशोर’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको कुर्सीसम्म पुर्‍याउने ऐतिहासिक भूमिकामा माओवादी केन्द्र रहेको दाबी गरेका छन्। नेता किशोरले भने “यो पार्टी जनताको सपना, जनताको सम्मान र समानताको लागि लडेको पार्टी हो। यहाँ जनताका छोराछोरी राष्ट्रपतिको कुर्सीमा पुगे, उपराष्ट्रपति बने, सभामुख-उपसभामुख बने, मन्त्री बने-त्यो सहज थिएन माओवादी आन्दोलनको बलिदानबाट सम्भव भएको हो।” एक कार्यक्रममा किशोरले पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि माओवादीकै समर्थन र सहकार्यबाट राष्ट्रपतिको पदमा पुगेको स्मरण गराए। “हामीले लडाइँ लड्यौं, पसिना बगायौं, रगत झार्यौं, कैयौं सपना देख्यौं-तर अहिले प्रश्न उठ्छ: हामीले लडेर के पायौं? भन्नेभन्दा…

Read More

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद पुष्पा भुसाल गौतमले कञ्चनपुर छाउगोठमा कमला दमाईको मृत्यु महिला–महिला बीचकै विभेदले भएको बताएकी छन् । सांसद भुसाल सामाजिक सञ्जालमा लेखेकी छन् “छाउगोठमा कमलाको मृत्यु – महिला–महिला बीचको विभेदको परिणाम हो। घटना एउटै, अभ्यास फरक किन?” उनको टिप्पणीले लैङ्गिक विभेद, विशेषगरी महिलामाथि महिलाबाटै लादिने परम्परागत अभ्यासहरूको सवाल उठाएको छ। भुसालको भनाइले प्रश्न उठाएको छ कि जब महिनावारी सबै महिलाको साझा अनुभव हो, तब किन केही महिलाले अरू महिलालाई यो ‘अशुद्धता’को नाममा पीडामा राख्छन्? महिनावारीकै कारण “अशुद्ध” घोषित भइ छाउगोठमा थुनिएकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएको थियो। यो केवल व्यक्तिगत क्षति…

Read More

कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुको २५औं जिल्ला अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ। अध्यक्ष निशान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक रमेश ढकाल प्रमुख अतिथि थिए। अधिवेशनबाट पारस मरासिनीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको छ। मरासिनी पहिलो पाइला नेपालका केन्द्रीय सचिवसमेत हुन्। अन्य निर्वाचितमा उपाध्यक्ष प्रकाश न्यौपाने, पशुपति गिरी, आश्विन केसी, सचिव शेषकान्त मरासिनी, सहसचिव सिता अधिकारी, शिवलाल ठाकुर, अभिषेक यादव र कोषाध्यक्ष मधुसुदन भुषाल छन्। नवगठित समितिले विद्यार्थी अधिकार सुनिश्चित गर्ने, शैक्षिक सुधार र संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएको अनेरास्ववियु लुम्बिनीका युवा नेता निरज आचार्यले जानकारी दिएका छन् ।

Read More

कवितामा “काँडा” – माधव खनाल , अर्घाखाँची । फूल नहुनुको अभागी पन सँधै सहेर तिखो बचन अरुकै खाँतिर जिएकै छस् मारेर रहर आँशु पिएकै छस् । फूलको सुन्दरतामा रमाउनेलाई बासनामा मन्त्रमुग्ध हुनेलाई त्यसको राज के थाहा देख्छन् फूल मात्रै आहा । काँडालाई काँडा हुनुमा दु:ख छैन गुनासो त दोषी नजरसँग हो फूलको अहमसँग हो सुन्दरता पुज्ने चलनसँग हो । त्यही फूल ओइलाएपछि सुगन्ध हराएपछि कसैको नजर पर्दैन् जवानीले नेटो काटेपछी । जिन्दगी फूल जस्तो हैन काँडा जस्तो होस् अरु रमाउने पात्र बन्नु भन्दा खुशी दिएर सन्तुष्ट हुन पाइयोस् । काँडा हुनुमै गर्व लाग्छ मलाई गलत हर्कतका विरुद्ध लडेर दुस्मनका हातहरु…

Read More