Author: नेपाल राज्य

रुद्रमणि भुसाल- मङ्सिर ८ , अर्घाखाँची । चौतारा महारानी चन्द्रप्रभावतिको ऐतिहासिक दस्तावेज र निष्कर्ष नामक पुस्तकको एक कार्यक्रमका बीच आज सन्धिखर्कमा लोकार्पण गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले इतिहासविद मुकुन्दराज आचार्यले महारानी चन्द्रप्रभावतीको इतिहास उहाँको छोरालाई दिएको अर्ति उपदेशको बारेमा ऐतिहासिक दस्तावेज पुस्तक लेखेर अर्घाखाँचीको समग्र परिचय दिँदै पृथ्वीनारायण शाहकी सौतनी जेठी आमा चन्द्रप्रभावतिकै सल्लाह सुझाव ग्रहण गरेका कारणले टुक्रा टुक्रा रहेको नेपाललाई एकीकरण गर्न पृथ्वीनारायण शाहलाई महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। आचार्यले इतिहासलाई जीवित राख्नको निम्ति यस्ता खोजमूलक कृति प्रकाशनले नयाँ पुस्तालाई इतिहासको बारेमा खोज अनुसन्धान गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी…

Read More

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गरिएको विकास निर्माण र राजनीतिक निर्णयबारे एक जेन-जीसमूहले विस्तृत सूची सार्वजनिक गरेको छ। उनीहरूले सुरुङ मार्ग निर्माणदेखि भूकम्पपछिको पुनर्निर्माणसम्मका थुप्रै काम ओलीकै पहलमा सम्पन्न भएको दाबी गरेका छन्। समूहका अनुसार काठमाडौं उपत्यकामा पुनर्निर्माण गरिएका संरचना, धरहरा, रानीपोखरी, बसन्तपुर क्षेत्रका सुधारदेखि भारतसँगको नाकाबन्दी सामना गर्न देखिएको नेतृत्वसमेत ओलीकै पक्षमा देखिन्छ भनेर उनीहरूले टिप्पणी गरेका छन्। नेपाल–भारत सीमा विवादपछि जारी गरिएको नक्सा, चीनसँगको व्यापारिक नाका सञ्चालन, रेलमार्ग सञ्चालन, अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण, स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा योजना, उद्योग क्षेत्र विस्तार, पेट्रोलियम पाइपलाइन तथा ऊर्जासम्बन्धी परियोजनाहरूलाई पनि उनीहरूले ओली सरकारको प्रमुख उपलब्धि मानेका छन्। समूहले…

Read More

अर्घाखाँची । अर्घाखाँची मालारानी गाउँपालिका–५ बाँगी गोवदीका वसन्त खड्का (माइला) करिब एक दशकदेखि गाउँमै बसेर खसी, बोका र बाख्रा पालन तथा बिक्री व्यवसायमा सक्रिय छन्। गाउँमै रमाएर सानो स्तरबाट व्यवसाय शुरुआत गरेका खड्काले समयसँगै अनुभव बटुलेका छन् । उनले व्यवसायलाई राम्रोसँग स्थिर बनाउन सफल भएका हुन् । बीचमा केही वर्षका लागि वैदेशिक रोजगारीमा कतार गएका खड्का फर्किएपछि पुनः यही व्यवसायमै लागे। विदेशमा भएको मेहनतले सिकेका सीप र आर्थिक दुबै लाई उनले पशुपालनमा लगानी गरे। निकै मिहिनेती खड्का अहिले दैनिक हेरचाह, आहार व्यवस्थापनदेखि बजारमा बिक्रीसम्म सबै काम स्वयम् सम्हाल्छन्। बिहानै उठेर गाउँघर गुल्मी प्युठानको सिमाना सम्म पुगेर खसी बोका ल्याउने पनि…

Read More

काठमाण्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान ले आइतबारदेखि देशभर अनिश्चितकालीन नेपाल बन्द गर्ने घोषणा गरेको छ। महाअभियानले विज्ञप्ति जारी गर्दै २७ बुँदे माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताएको छ। विज्ञप्ति लेखिए अनुसार उद्योगधन्दा, कलकारखाना, बैंक तथा वित्तीय संस्था, व्यापार, शैक्षिक प्रतिष्ठान र यातायात पूर्ण रूपमा बन्द गराउने योजना छ। महाअभियानले यसलाई निर्णायक नागरिक आन्दोलनका रूपमा व्याख्या गर्दै सबै संघ–संस्था र प्रतिष्ठानलाई साथ दिन आग्रह गरेको छ। संगठन सचिव प्रमादीम लिम्बु र केन्द्रिय प्रवक्ता माधव कल्पितले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत महाअभियानले बन्द अवज्ञा गरे हुने सम्भावित तोडफोड, आगजनी वा लुटपाटका घटनामा…

Read More

हिम लेकाल ,मंसिर ६ – अर्घाखाँची । अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि . सन्धिखर्क १ अर्घाखाँचीकाे २० औं वार्षिक   साधारण सभा सनिबार संगम फुड ल्याण्ड सन्धिखर्कमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे उद्घाटन संस्थाका अध्यक्ष दाेर्ण प्रसाद भुसालले ब्यानर बाचन गरेर गर्नु भएकाे थियाे । सभामा अध्यक्षद्वारा अध्यक्षकाे प्रतिवेदन भावी लक्ष्य तथा कार्यक्रमहरू प्रस्तुत गरिएकाे थियाे भने लेखा समिति संयाेजक टामलाल पाण्डेले  लेखा समितिकाे तर्फ बाट  र काेषाध्यक्षकाे तर्फबाट  जगन्नाथ भुसालले  आर्थिक प्रतिवेदन प्रस्तुत  गर्नु भएकाे थियाे । ती सबै प्रतिवेदन माथी छलफल गरि हाउस बाट पारित गरिएको थियाे । कार्यक्रममा  पूर्व केन्द्रीय सांसद तथा यस संस्थाकी सेयर सदस्य…

Read More

काठमाडौं – माया र पीडाको गीत “ब्यथा” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सन्तोष शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रेम भित्र लुकेका गहिरा चोट, अधूरो अपेक्षा र मनभित्र जमेको पीडालाई सरल तर बलियो ढंगले प्रस्तुत गर्न खोजिएको हो । “पारी भिर छ… मनै भरी ब्यथा छ, तिम्लाई के थाहा छ…” जस्ता पंक्तिले गीतको भावनात्मक गहिराइलाई छोएको छ । गायिका विन्दु सुनारको “ब्यथा” गीतमा कुशल वेल्वासे र सुनितामि परियारको आवाज लोभलाग्दो छ । शब्द विन्दु सुनार, लय रिसि खड्का र एरेन्ज पूर्ण संयगले सम्हालेका छन् । रेकर्डिस्टका रूपमा सुमन राना र खुमन राना रहेका छन् भने मिक्स मास्टरसहितको प्राविधिक काम…

Read More

अर्घाखाँची । सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाका नवनिर्वाचित अध्यक्ष बाबुराम भुसालले सबै उपभोक्ताको हितमा समावेशी, निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रेस विज्ञप्तिमार्फत् उनले धन्यवाद ज्ञापन गर्दै भनेका छन् कि निर्वाचनमा उनी र उनका २४ जना उम्मेदवार तथा १२ जना साझा उम्मेदवार टिमप्रति ” प्रदर्शित विश्वास र समर्थनको लागि उपभोक्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । ” अध्यक्ष भुसालले स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी व्यवस्थापनलाई प्राथमिकता दिँदै सुशासन, उत्तरदायित्व र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता रहेको बताए। उनले विशेषगरी युवा पुस्ता र Gen Z आन्दोलनको सक्रियताले उनीहरुलाई अझ जिम्मेवार बनाएको उल्लेख…

Read More

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले सन्धिखर्क साना शहरी खानेपानी उपभोक्ता मूल संस्थाको हालै सम्पन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै उनले विभिन्न अनपेक्षित परिणामका कारणहरू सूक्ष्म रूपमा गठबन्धन भित्रकै कमजोरी र एमाले अन्तर्विरोधबाट आएको दाबी गरेका हुन। उनका अनुसार एमाले र कांग्रेस दुवै दलभित्रको आन्तरिक संघर्ष खुलेर चुनावमा देखियो, जसलाई उनले “अत्यन्त घातक” प्रवृत्ति भने। कांग्रेसभित्र करीब ८५ प्रतिशत नेता तथा मतदाता गठबन्धनविरुद्ध खुला रूपमा उभिएको आरोप समेत लगाए। एमालेभित्र पनि असन्तुष्ट समूहले योजना असफल पार्ने उद्देश्यसहित भित्री रूपमा सक्रिय रहेको अध्यक्ष भुसालको दाबी थियो । सन्धिखर्कका घटनाहरू र चुनावी वातावरणलाई उनले अस्थिर…

Read More

वीरेन्द्र केसी, अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको उपभोक्ता मूल संस्थाको चुनावमा चार दलीय गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका छन्। भुसालले कांग्रेस, एमाले, नेकपा र जनमोर्चाका साझा उम्मेदवार युवराज खत्रीलाई १२० मतले हराएका हुन्। स्थानीय उपभोक्ताले दलहरूको सिन्डिकेट तोड्दै स्वतन्त्र उम्मेदवारलाई जिताएपछि खानेपानी समस्याको समाधानमा उपभोक्ताको भावना अनुसार काम गर्ने भुसालले बताएका छन। अर्घाखाँची —सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विजयी भएका छन् । स्वतन्त्र नागिरक समाजका नाममा बाबुराम भुसालले कांग्रेस,…

Read More

काठमाडौं । नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य सूर्य थापाले सामाजिक संजालमार्फत सिमरा घटनाबारे गम्भीर टिप्पणी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनले बताएका छन् कि जेन्जी आन्दोलनको नाममा सामाजिक फासिवादको अभ्यास भएको छ, जसले समाजमा असमानता र विभाजनको अवस्था सिर्जना गरेको छ। थापाले घटनामा संलग्न गृहमन्त्रीको नेतृत्वप्रति आपत्ति जनाउँदै, तत्काल प्रभावकारी कदम नचालिए सरकारको विश्वसनीयता संकटमा पर्ने चेतावनी दिएका छन्। उनले “नालायक गृहमन्त्री”ले तुरुन्त राजीनामा दिनुपर्ने जोडदार माग गर्दै, यस्तो अवस्था दोहोरिन नदिन सरकारलाई जिम्मेवार बनाउने कुरा पनि बताएका छन्। उनका अनुसार समाजमा न्याय र समानताको रक्षा गर्न यस प्रकारका घटनामा कडा कारबाही अपरिहार्य रहेको टिप्पणी रहेको छ…

Read More