काठमाडौं – माया र पीडाको गीत “ब्यथा” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सन्तोष शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रेम भित्र लुकेका गहिरा चोट, अधूरो अपेक्षा र मनभित्र जमेको पीडालाई सरल तर बलियो ढंगले प्रस्तुत गर्न खोजिएको हो ।
“पारी भिर छ… मनै भरी ब्यथा छ, तिम्लाई के थाहा छ…” जस्ता पंक्तिले गीतको भावनात्मक गहिराइलाई छोएको छ ।
गायिका विन्दु सुनारको “ब्यथा” गीतमा कुशल वेल्वासे र सुनितामि परियारको आवाज लोभलाग्दो छ । शब्द विन्दु सुनार, लय रिसि खड्का र एरेन्ज पूर्ण संयगले सम्हालेका छन् । रेकर्डिस्टका रूपमा सुमन राना र खुमन राना रहेका छन् भने मिक्स मास्टरसहितको प्राविधिक काम कुमार रानाले गरेका हुन्। गीत मरुनी स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा चर्चित मोडल समेत रहेका सन्तोष शर्मा, उर्मिला पन्त र खेम घर्तीको दमदार अभिनय देखिन्छ। छायांकन करण चैसिर, सम्पादन र कलर अमृत छापागाईं, कथा तथा निर्देशन प्रविन थापाले गरेका छन्।
गीतले प्रेम र पीडाको सम्बन्धलाई जीवन्त तस्बिरमा उतार्ने प्रयास गरेको निर्माण पक्षले बताएको छ।
भिडियो :

