काठमाडौं । नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य सूर्य थापाले सामाजिक संजालमार्फत सिमरा घटनाबारे गम्भीर टिप्पणी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
उनले बताएका छन् कि जेन्जी आन्दोलनको नाममा सामाजिक फासिवादको अभ्यास भएको छ, जसले समाजमा असमानता र विभाजनको अवस्था सिर्जना गरेको छ। थापाले घटनामा संलग्न गृहमन्त्रीको नेतृत्वप्रति आपत्ति जनाउँदै, तत्काल प्रभावकारी कदम नचालिए सरकारको विश्वसनीयता संकटमा पर्ने चेतावनी दिएका छन्। उनले “नालायक गृहमन्त्री”ले तुरुन्त राजीनामा दिनुपर्ने जोडदार माग गर्दै, यस्तो अवस्था दोहोरिन नदिन सरकारलाई जिम्मेवार बनाउने कुरा पनि बताएका छन्। उनका अनुसार समाजमा न्याय र समानताको रक्षा गर्न यस प्रकारका घटनामा कडा कारबाही अपरिहार्य रहेको टिप्पणी रहेको छ ।
उनलेसामाजिक संजालमा लेखेका छ्न:
“जेन्जीका नाममा सामाजिक फासिवादको अभ्यास गरिएको छ। सिमरा घटनामा नालायक गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, म जोडदार माग गर्दछु।”

